मर्न भनेर हिँडेको मान्छे यस्तो गरौंला भन्ने कल्पना गरेको थिइँन– कार्की
रमेशकुमार बोहोरा
काठमाडौं । तिलबहादुर कार्की सामान्य मान्छे हुन् तर उनको कामलाई हेर्ने हो भनें अचम्मको छ । आफैं शारीरिक अशक्त भए पनि उनी सक्रिय भएर सधैं समाजसेवामा लागेका छन् । कार्कीको पछिल्लो समयको कर्म देखेर मानिसहरुले आफूलाई कमजोर महसुश गर्न थालेका छन् ।
पाँचथरमा २०२९ सालमा जन्मिएका कार्की ९ वर्षको हँुदा घर छोडेर हिँडे । जिवनसँग दिक्दार लागेपछि उनले बाटोमा आउँदा विषसमेत सेवन गरेका थिए । ‘मलाई बाँच्नु र यत्रो गर्नु रहेछ त्यसैले शक्तिशाली विष पनि मेरो अगाडि कमजोर बनिदियो’ उनी रुँदै भन्छन् ‘जिवनलाई सम्हाल्न नसक्दा पटक पटक अनेकन निर्णय गरेको थिएँ तर पनि बाँचेर नै समाज बनाउँदैछु, भगवानप्रति आभारी छु ।’ उनी घर छोड्नुको कथा पनि बेग्लै छ । उनी जन्मँदा अस्वाभाविक थिए, उनका २४ वटा औंला छन् । सबै हात र खुट्टामा ६÷६ वटा औंला भएकाले उनकी आमालाई समाजले वहिष्कार गर्ने निर्णय गरेको थाहा पाएपछि आमाको पीडा सहन नसकी उनले घर छोडेका थिए । २०३८ साल असार ११ गते काठमाडौंमा पाइला टेकेका उनको जिवन सधैं कष्टकर नै रह्यो । गाडीको व्यवस्था नभएकाले उनी महिनौं लगाएर दुःखले काठमाडौं आएका थिए । उनलाई अझै पनि गाडीको छतमा बसेर आएको सम्झना ताजै छ । ‘मलाई गाडीवालाले देखेको भए शायद काठमाडौं आउन पाउने थिइन होला’ उनले भने ‘ काठमाडौंको वसपार्कमा उत्रिसकेपछि मात्र कन्डक्टरले म पनि गाडीमा भएको भन्ने थाहा पायो ।’ उनी वसपार्कबाट सिधैं पशुपतितिर लागे । उनले पशुपतिमा २५ वर्ष बिताए । उनले वरपरबाट भेला गरेको ५ लाख ५१ हजार रुपिँया २५ वर्षमा जम्मा गरे । उनी सामान्य र कमजोर भएकाले अरुले पैसा लुटिदिने भएपछि माथि जंगलमा लगेर खाल्डो खनेर पैसा लुकाए । ‘मभन्दा अरु बलिया थिए, मागेर ल्याएको पैसा पनि लुटिदिन्थे र मलाई कुट्थे’ त्यो दिन सम्झँदै उनले भने ‘अब पैसा नजोगिने भएपछि जंगलमा गाड्ने जुक्ति लगाएँ, केही नोटका पैसा त काम नलाग्ने भएछन् ।’ उनले झण्डै ४ लाख रुपिँयाका नोट खेर गएको बताए । उनले डल्लर पैसा जम्मा गरेका थिए । उनले २५ वर्षपछि प्रहरीको सहयोगमा त्यो पैसा निकालेका थिए । दिनभर यताउता गरेर खाए पनि सुत्ने ठाउँ नहुँदा उनी दाहसंस्कर गरेकै ठाउँमा राती सुत्ने गर्दथे । ‘आगो भइरहने हुनाले त्यहाँ निकै तातो हुन्थ्यो’ दुःखित मुद्रामा उनी भन्छन् ‘पशुपतिले नै मलाई मान्छे बनाएको छ, मेरो जन्मेको घर पाँचथर भए पनि हुर्केको घर पशुपति नै हो ।’ उनको खुट्टा कमजोर छ । रातभरी चिसोमा बस्दा र पैसा भेला गर्न कुद्दा उनको खुट्टा झन् बिग्रेको उनी सुनाउँछन् ।
उनी घरबाट निस्केपछि कसैसँग सम्पर्क भएन । घरबाट खोजी गरे पनि उनलाई कसैले कहिल्यै पनि भेटेनन् । छोरो घर नगएपछि २०५१ सालतिर उनको काजकिरियासमेत गरिएको थियो । उनी २०७१ सालमा मोरङको उर्लावारी पुग्दा आमालाई घैंटोमा राखेर निकालिएको थियो । उनले घर छोडेपछि तीन भाई र तीन बहिनी जन्मिएका थिए । त्यतिबेला नै उनले भाई बहिनी र थपिएका परिवारसँग चिनजान गरे ।
उनले जम्मा गरेको पैसाले २०६४ सालमा संयुक्त अपांग एकता आवाज केन्द्र खोले जहाँ उनी अहिले ४८ जना विद्यार्थीलाई पढाउँदै आएका छन् । ती बालबालिकालाई राखेर पढाउन पाएकोमा उनी धेरै सन्तुष्ट छन् । ‘कहिलेकाँही त्यो ठाउँको भाडा तिर्ने पैसा नहँुदा मन रुन्छ, सबैले सहयोग गर्छु भन्छन् तर थारैले मात्र मन दिएका छन्’ उनले भने ‘विद्यार्थीको पनि पैसा तिर्नुपर्छ, कमसेकम सरकारी विद्यालयले केही पनि शुल्क लिएन भने पढाउन सजिलो हुन्थ्यो ।’ उनले विद्यालयसँग पनि सहयोगको अपेक्षा गरिरहेका छन् । यहीँबाट पढेर गएका केही भनें जागिरमा लागेकाले उनी खुशी छन् । उनले अपांग भत्तासमेत लिएका छैनन् । उनले बालबालिकालाई दुधदही खुवाउनका लागि गाईभैसी पालेका छन् भने सागपात खाने बेग्लै बारी छ ।
उनी मोडलिङमा पनि लागेका छन् । चलेका र राम्रै कलाकारसँग उनले अभिनय गर्ने मौका पाएका छन् । ‘मलाई जस्तो पनि अभिनय गर्न आउँछ, अब यो क्षेत्र पनि छोड्न सक्दिन’ उनले भने ‘कलाकारितामा पनि मेरो छुट्टै परिचय बनिसकेको छ, यसलाई अझ व्यापक बनाउँछु ।’ उनले कोरोना भाइरसका कारण भएको लकडाउनका बेला संस्थाबाट ठाउँठाउँमा पुगेर खानासमेत वितरण गरेका थिए । ‘मेरो जिवन त बोनसको जस्तै हो, समाजलाई केही गरौं भन्नेमा नै सधैं ध्यान केन्द्रित हुन्छ’ उनले भने ‘जुन कारणले मैले घर छोड्नुप¥यो, अरु कसैको त्यस्तो नहोस्, सकारात्मक सोचले नै समाज बन्छ त्यसैले आफ्नो ठाउँबाट मरे पनि बाँचे पनि लागिरहेको छु ।’
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





