भेरि अञ्चल अस्पतालको क्वाटरमा सुतेका एकै परिवारका चार जनाको मृत्युु

२०७८ पुष १५ गते, बिहीबार

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । एउटै कोठामा सुतेका अन्य तीन जनाको उपचार भइरहेको छ ।

क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारको सदस्यहरुको चिसोमा तातो बनाउन आगो बालेर सुतेकाले निधन भएको हो ।

मृत्यु हुनेमा धनप्रसादकी आमा कोकिला, दिदी नन्दकली र उनका तीन महिनाको छोरा इप्सन रहेका छन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारीअनुसार धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षका छोरा विवश र भाइ नरेन्द्रको भेरी अस्पतालमा उपचार भइरहेको छ । यीमध्ये सुशीलाको अवस्था सुधारोन्मुख छ । अन्य दुईको अवस्था चिन्ताजनक भएको बताइएको छ ।

उनीहरु सातै जना एउटै कोठामा सुतेका थिए । कोठा न्यानो बनाउन उनीहरुले टिनको बट्टामा आगो बालेर राखेका थिए । विहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबैजना बेहोस पाइएका थिए ।

245 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal