आफ्नो पैसा खर्च गरेर किन यस्तो गर्छन् कुँवर ?

२०७८ पुष ६ गते, मंगलवार

काठमाडौं । चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले २ सय ४० हप्ताको सरसफाई अभियान पूरा गरेका छन् ।
उनले यो समयसम्म आउँदा आफूमा थप जिम्मेवारी बढेको बताएका छन् । केही दिनअघि सफाई गर्दै उनले आफूलाई समाजमा स्थापित गरिसकेको जनाएका छन् । कुँवर नै संयोजक रहेको हजुरलाई नमस्ते परोपकारी अभियानको आयोजनामा भएको सरसफाइमा प्रहरी, सर्वसाधरण तथा अन्यको उपस्थिति रहेको थियो । ‘अभियान चलाएको मैले हो तर मेरो एक्लो प्रयासले हुनेवाला केही छैन, सबैको सहयोगले म अघि बढेको छु’ उनले भने ‘ आफ्नो गाउँ सफाई गर्नुपर्छ भन्ने चेतना बाँडेको छु, हिजो सडकमा नआउनेहरु अहिले आफैं अघि बढेर अभियानमा आउन थालेका छन् ।’ अभियानले सितापाइलादेखि छाउनीसम्म बाटो सफाई गरेको थियो । कुँवरले सडकमा दूरसञ्चार कार्यालयले अलपत्र अवस्थामा छोडेको एक ट्रक तार उठाइएको बताए । ‘दूरसञ्चार नयाँ प्रविधिमा गएछ त्यसैले काम नलाग्ने तार छोडेछ, हामीलाई उठाउन हैरान भयो’ उनले भने ‘ काम नलाग्ने भएपछि कमसेकम उठाएर लानुपर्दथ्यो नलगेपछि दुःख पायौं ।’
उनले वाहिटी ढुंगेधारा पनि सफाई गरिएको जनाए । वाहिटीको अर्थ बगेको ढुंगेधारा भन्ने बुझिन्छ । लामो समयदेखि अलपत्र परेको त्यो ढुंगेधारा सफा गरिएको र केही समयपछि पानी पनि उपलब्ध गराउने तयारी भएको कुँवरले बताए । अभियानमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, वाहिटी टोल सुधार समिति र नेप्से म्याकको विशेष भूमिका रहेको थियो । चक्रपथ सफाई अभियानका प्रमुख अभियान्ता कुँवरले आफ्नो व्यवसायसँगै समाजसेवामा पनि समय दिँदै आएका छन् । परोपकारी अभियानका संयोजक समाजसेवी कुँवरले झण्डै ४ हजार जना लकडाउनपीडितलाई राहत वितरण गरेका छन् । उनले कुनै स्वार्थ नराखी अभियान चलाएको स्पष्ट पारेका छन् । उनले आफ्नै खर्चमा अभियान चलाएको बताए । आफूले अभियान चलाउँदा त केही गर्न सकिन्छ भने सरकार किन कमजोर भएको र किन नगरेको रु भनेर उनले सरोकारवालालाई प्रश्न गरेका छन् ।


उनले आफूलाई राष्ट्रको कुनै सम्मान चाहिएकाले यस्तो काम नगरेको बताएका छन् । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता, नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी महासंघका निवर्तमान अध्यक्ष उनले आफूले व्यवसायबाट कमाएको पैसा समाजसेवामा खर्चेका छन् । उनले लकडाउन केही खुकुलो भए पनि निरन्तर राहत बाँडिरहे ।
उनले आफ्नो गाउँ काभ्रेको भुम्लु पुगेर पटकपटक राहत तथा स्वास्थ्य सामग्रीसमेत वितरण गरेका छन् । उनले धेरैपटक चिकित्सकको टोलीलाई लगेर समेत स्थानीयको स्वास्थ्य चेकजाँच गराएका छन् । उनले केही समय रक्तदान अभियान पनि चलाएका थिए । ‘मसँग धेरै भएर बाँडेको होइन तर मेरो मन छ, बाँचुञ्जेल केही गरेर देखाउँ भन्ने हो ’ उनले भने ‘समाजसेवा गर्न पाउँदा मन पनि खुशी हुन्छ र पीडितलाई थोरै भए पनि राहत मिल्छ ।’
उनले आगामी दिनमा पनि निरन्तर यस्तो अभियान चलाइरहने जनाएका छन् । उनले कोरोनाका विरामीलाई उपचारको लागि अक्सिजन अभाव हुँदा अक्सिजन सिलिण्डर पनि खोजिदिएका थिए ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal