केपी ओली गफाडी नम्बर एकः माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गफाडी नम्बर एक भएको बताएका छन् ।
उनले ओलीलाई गफाडीको संज्ञा दिँदै गिनिज बुकमा नाम लेखिदिए हुने पनि टिप्पणी गरे । सोमबार समाजवादी प्रेस संगठनले केपी ओलीले आजकै दिन एक वर्ष अघि पुष ५ गते संसद् विघटन गरेको अवसरमा कालो दिवस मनाउन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिएको पनि उल्लेख गरेका छन् । तर, ओलीको त्यो फुर्तिमात्रै भएको उनको टिप्पणी छ । उनले भने–‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन, ‘गिजिन बुकमा नाम लेखिदिए हुन्छ ।