सन् २०२० मा चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

२०७८ पुष ६ गते, मंगलवार

बेइजिङ । सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश बर्षमा करीब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले मङ्गलबार जनाएको छ ।

चिनियाँ महिलाहरूको विकासका लागि रूपरेखा (२०११–२०२०) को अनुगमन परिणामबारे एनबीएसको प्रतिवेदनमा भनिएको छ, “विगत एक दशकमा चिनियाँ महिलाको सामाजिक हैसियत उल्लेख्य रूपमा उठाइएको छ र उनीहरूको उपलब्धि, सुख र सुरक्षाको भावना नाटकीय रूपमा बढेको छ ।”

अनिवार्य शिक्षामा लिङ्गको अन्तर समाप्त भएको छ । प्राथमिक विद्यालय उमेरका बालिकाको शुद्ध भर्ना दर सन् २०१५ देखि लगातार छ वर्षसम्म ९९.९ प्रतिशतभन्दा बढी रहेको छ जुन केटाहरूको दर जस्तै छ ।

विगत एक दशकमा रोजगारीका लागि नीतिगत सुधार र व्यवसाय सुरु भएसँगै महिलाका लागि रोजगारीको माध्यम विस्तार भएको छ । कर्मचारीतन्त्रमा महिलाको सङ्ख्या पनि निरन्तर बढेको देखिएको छ । गत वर्ष शहरी कार्य एकाइहरूमा ६७।७९ करोड महिला कर्मचारीहरू थिए र यो सन् २०१० देखि ३९.५ प्रतिशत थियो ।

रिपोर्टअनुसार हाल चीनको कुल रोजगारको ४३.५ प्रतिशत महिलाहरू छन् । एक दशकको अवधिमा लैङ्गिक समानता र महिलाको सर्वाङ्गीरण विकासलाई अघि बढाउन ऐतिहासिक प्रगति भए पनि कतिपय क्षेत्रमा महिला अधिकार र हितको संरक्षण अझै बलियो बनाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । रासस÷सिन्ह्वा

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal