रेल नचल्दा घाटा, चले दिनकै ७ लाख घाटा

२०७८ पुष २ गते, शुक्रबार

काठमाडौं । भारतको जयनगरदेखि जनकपुरको कर्थासमेत रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुनेछ ।

नेपाली प्राविधिक तयार नहुँदासम्म खर्च कम हुन कठिन रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । एउटा लोको पाइलटलाई मासिक ३ लाख २५ हजार भारु दिनुपर्छ । यस्ता पाइलट चार जना रहनेछन् । सिग्नलिङका लागि आउने प्राविधिकलाई पनि मासिक तलब करिब २ लाख ५० हजार भारु दिनुपर्नेर्छ ।

नेपाली कर्मचारी पनि एक सय ५१ जना रहनेछन् । उनीहरुका लागि मासिक ६० लाख रुपैयाँ खर्च हुनेछ । रेलका लागि इन्धन खर्च प्रतिदिन एक लाख ३० हजार रुपैयाँकोे हुने झाले बताए । भारतीय रेलवे कम्मनी कोंकणसँग एक वर्षका लागि रेल चलाउने र मर्मत गर्ने गरी २२ करोड भारु ९३५ करोड २० लाख रुपैयाँमा सम्झौता भएको छ ।

यसबापत पहिलो किस्ताका रुपमा साढे सात करोड रुपैयाँ भुक्तानी दिइसकिएको छ। कोंकणलाई तिर्नुपर्ने रकमसहित एक दिनका खर्च १० लाख रुपैयाँभन्दा बढी हुने झाले जानकारी दिए । ‘रेल चढ्ने यात्रुबाट वार्षिक १० करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ,’ उनले भने ‘यति हुँदा पनि प्रतिदिन घाटा करिब ८ लाख हुन्छ ।’ टिकट शुल्कबाट प्रतिदिन पौने तीन लाख रुपैयाँ आम्दानी हुनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ

305 Views

ताजा

जापानमा राष्ट्रपति पौडेल

२०८२ माघ १९ गते, सोमबार

जापानमा राष्ट्रपति पौडेल

२०८२ माघ १९ गते, सोमबार

पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने  

२०८२ माघ १९ गते, सोमबार

जुम्लाबाट उम्मेदवार बनेका मनऋषि धिताल भन्छन्ः जनताले मलाई जिताउछन्    

२०८२ माघ १९ गते, सोमबार

‘लोभी नजर’ सार्वजनिक

२०८२ माघ १९ गते, सोमबार

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिकालाई

२०८२ माघ १९ गते, सोमबार

निर्वाचन आउन ३१ दिन बाँकीः ३० लाख मतपत्र छापियो

२०८२ माघ १९ गते, सोमबार

रविन्द्र प्रताप शाह समाजसेवामा सधैं अग्रसर

२०८२ माघ १६ गते, शुक्रबार

भोलि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को राष्ट्रिय सम्मेलन हुँदै

२०८२ माघ १५ गते, बिहीबार

निर्वाचनमा आचारसंहिता पालना जरुरी

२०८२ माघ १५ गते, बिहीबार

खगेन्द्र सुनारलाई तीन वर्ष कैदको माग

२०८२ माघ १५ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal