निर्वाचनमा आचारसंहिता पालना जरुरी

२०८२ माघ १५ गते, बिहीबार

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले हालै निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न यो आचारसंहिता जारी भएको हो । यो आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेकाले यसले वैधानिकता पनि पाएको छ ।आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ। नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ। यसैगरी स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अद्र्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई पनि आचारसंहिता लाग्नेछ ।

त्यसैगरी निर्वाचनमा बनेका उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने छ।पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीसमेत आचारसंहिताको पालना गर्नुपर्ने निकायमा परेका छन् । मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी पनि आचारसंहिता पालना गर्नुपर्ने निकायमा परेका हुन् । यसैगरी निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, बस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई आचारसंहिता लाग्नेछ ।

यसरी आचारसंहिताको पालना गर्नुपर्ने निकाय वा क्षेत्र वा व्यक्तिहरुले आयोगद्वारा जारी आचारसंहिताको पालना गर्नुपर्ने हुन्छ । कर्मचारी, सरुवा, बढुवादेखि कुनै पनि उम्मेदवार तथा दलको पक्षमा प्रकाशन, प्रशारण गर्दा सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुले के कति कुरालाई मात्र राख्न पाउनेसम्मका कुराहरुलाई ख्याल गरिनुपर्ने हुन्छ । आचारसंहिता उल्लंघन गर्न नपाइने तथा कसैले गरेमा त्यसको सजायको भागिदार समेत बन्नुपर्ने हुन्छ । यो आचारसंहिताको मुख्य उद्देश्य भनेको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनु हो । कसैले पनि आचारसंहिताको उल्लंघन नगरेका खण्डमा मात्र निर्वाचन स्वतन्त्र रुपमा हुन सक्ने देखिन्छ । आचारसंहिता उल्लंघन गर्नु नहुने भन्ने निकाय तथा क्षेत्रमा आवद्धहरुले यसको पालना गरेका खण्डमा मात्र आगामी निर्वाचनले जनमतको सही निर्णयलाई अघि ल्याउन सक्ने देखिन्छ । त्यसैले आचारसंहिताको पालना गर्नु हामी सबैको कर्तव्य पनि हो ।

77 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal