फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

काठमाडौं, पौष २९ । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १५ औँ वार्षिक साधारणसभा हालै काठमाडौमा सम्पन्न भएको छ ।

साधारणसभाले शैक्षिक व्यावसायीका विशेष एजेण्डामा छलफल गरेको महासचिव दिपेन्द्र पोखरेलले बताए । फेकनले छलफल गरेका र निर्णय गरेका विषयलाई सरकारसमक्ष प्रस्तुत गर्ने जनाएको छ । फेकनले शैक्षिक परामर्श व्यावसायीका साझा समस्यामा एकजुट भएर जाने र अन्य व्यावसायी संघसंगठनसँग पनि सहकार्य गर्ने पनि स्पष्ट पारेको छ । फेकन अध्यक्ष उमेश कुश्वारको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सेमान्त कोइराला प्रमुख अतिथिका रूपमा रहेका थिए ।

कार्यक्रममा विभिन्न देशका मानार्थ वाणिज्यदूत, नेपालका पूर्व राजदुत, फेकन सल्लाहकार नारायणप्रसाद मैनाली, बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख रुद्र शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन तथा फेकनका सल्लाहकार प्रा डा खेमबन्धु कोइरालालगायत उपस्थित थिए । कार्यक्रममा आइडिपी तथा ब्रिटिस काउन्सिलका प्रतिनिधि, विभिन्न छाता संगठनका प्रतिनिधि, विभिन्न शैक्षिक संस्था तथा साझेदारहरूका प्रतिनिधि तथा अन्य आमन्त्रित व्यक्तिहरू अतिथिका रूपमा रहँदा फेकन सदस्य परामर्श व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै फेकनका वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझाले फेकनको स्थापनाकालदेखि हालसम्म खेलेका भूमिकाबारे प्रकाश पारेका थिए । उनले संस्थालाई यहाँसम्म ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । ओझाले विभिन्न ठाउँ र समयमा संस्थाले लिएको नेतृत्वदायी भूमिकाबारे उपस्थित सबैलाई जानकारी गराए । राज्यले परामर्श व्यवसाय क्षेत्रलाई समयमा कानुनसमेत दिन नसकेको समेत बताए । उनले शैक्षिक परामर्श क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रहसमेत गरे । कार्यक्रम सञ्चालक तथा संस्थाका महासचिव दिपेन्द्र पोखरेलले संस्थाले विभिन्न समयमा खेलेको भूमिका बारे प्रकाश पारेका थिए । उनले सबैलाई रचनात्मक सल्लाह, सुझाव र आवश्यक सहयोगका लागि अपिल पनि गरे । फेकनलाई शुभकामना दिन पुगेका विभिन्न संस्थाका प्रतिनिधिहरूले परामर्श व्यवसाय क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन १५ वर्षसम्म फेकनले महत्वपूर्ण भूमिका खेलेको भन्दै बधाई तथा शुभकामना दिए ।

फेकन गण्डकीका निवर्तमान अध्यक्ष सञ्जय सुवेदी, फेकनका संस्थापक अध्यक्ष मानबहादुर राई र पूर्व अध्यक्ष युवराज कटवालले शैक्षिक परामर्श व्यवसाय क्षेत्रका समस्या र समाधानका उपायबारे साधारणसभामा आफ्नो धारणा राखेका थिए । फेकनका निवर्तमान अध्यक्ष राजु निरौलाले परामर्श व्यवसायका समस्या र त्यसप्रति सरकारको उदासीनताबारे चर्चा गरे । प्रदेशमा दर्ता भएका व्यवसायहरूसमेत समस्यामा रहेको उनको भनाई थियो । कार्यक्रमका विशेष अतिथि शर्माले प्रदेश सरकारले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्न गरिरहेका कामहरूको चर्चा गरे । उनले तीनतहको सरकारको जिम्मेवारी कानुनले नै परिभाषित गरिदिएको भन्दै ७ सय २१ वटा संस्था त्यसैको आधारमा प्रदेश सरकारमा दर्ता भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कोइरालाले फेकनले १५ औँ वर्ष पार गरेकोमा बधाई तथा शुभकामना दिए । उनले संघीय सरकारले एक किसिमले काम गरिरहेको र प्रदेश र स्थानीयले आफ्नै हिसाबले काम गरिरहेको बताए । कानुन निर्माणको ढिलाइ र समन्वयको अभावले समस्या उत्पन्न भएको उनको भनाई थियो । शिक्षा मन्त्रालयले प्रदेशका सामाजिक विकास मन्त्रालयहरूलाई प्रदेशहरूले दिएको स्वीकृतिको विवरण मागेको हुँदा अब केही समयमै स्वीकृत संस्थाहरू र दर्ताबिना चलेका संस्थाहरू छुट्टिने उनले बताए ।

एनओसी विदेशी मुद्रासँग जोडिने हुँदा प्रदेशमा दिन नसकिने तर जिल्ला जिल्लामा रहेका संघीय सरकारकै संरचनाबाट दिन सकिने उनको भनाई थियो । स्वीकृति नलिएकालाई बन्द गराउन मन्त्रालय तयार रहेको र हाल जारी रहेको नवीकरणको सकिएपछि त्यो काम अघि बढ्ने उनले बताए । औपचारिक कार्यक्रमको खुला सत्रलाई समापन गर्दै कार्यक्रमका सभापति तथा फेकन अध्यक्ष कुश्वारले १५ औँ वार्षिक साधारण सभालाई सभ्य र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले संस्थालाई नेतृत्व गरेर यहाँसम्म ल्याउने सबैलाई धन्यवाद दिँदै फेकनको यो कार्यसमिति संस्थालाई अझै बृहत र बलियो बनाउन लागिपरेको बताए ।

16 Views

ताजा

मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह

२०८२ माघ २७ गते, मंगलवार

मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह

२०८२ माघ २७ गते, मंगलवार

रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो

२०८२ माघ २७ गते, मंगलवार

कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै

२०८२ माघ २७ गते, मंगलवार

चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक

२०८२ माघ २४ गते, शनिबार

प्रिमियम कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’का एडिसिभ उत्पादन नेपाली बजारमा

२०८२ माघ २४ गते, शनिबार

निर्वाचन आउन २६ दिन बाँकीः २४ उम्मेदवारले बुझाए स्पष्टीकरण

२०८२ माघ २४ गते, शनिबार

हृदयघातका कारण वरिष्ठ कलाकार सुनिल थापाको निधन

२०८२ माघ २४ गते, शनिबार

कमला सन्ध्या आरती सम्पन्न

२०८२ माघ २४ गते, शनिबार

Talk Program on Kashmir Solidarity Day

२०८२ माघ २२ गते, बिहीबार

आफ्नै कारणले ‘रेड जोन’मा गगन थापा

२०८२ माघ २२ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal