‘लोभी नजर’ सार्वजनिक
काठमाडौः गीत, संगीत मानव जीवनको संवेदनशील अभिव्यक्ति हो । गीत, कविता र गजलजस्ता विधाले व्यक्तिको मनभित्र लुकेका भावना, पीडा र अनुभूतिलाई शब्दमार्फत छर्लङ्ग उजागर गर्छन् । सतिश चापागाईको शब्द रचनाको गीत ‘लोभी नजर’ पनि त्यस्तै एक संवेदनशील र यथार्थपरक गीत बनेको छ जसले प्रेम, त्याग, शोषण र सामाजिक व्यवहारको गहिरो चित्रण गरेको छ । यस गीतमा गीतकारले एउटा यस्तो पात्रको कथा प्रस्तुत गरेका छन् जो जीवनभर अरूका लागि बाँच्दछ र अन्ततः आफूलाई नै गुमाउँदै, सकाउदै, जलाउदै जान्छ । त्यो पात्र जो कसैलाई धेरै माया गर्छ, सबथोक उनी प्रति समर्पित गर्छ, धेरै सहनशिल छ तर बदलामा केहि पनि पाउँदैन, सबै गुमाउँछ ।
गीतको स्थायी “कति मेटुँ सबको तिर्खा पानी बनेर” बाट नै गीतको पात्रको स्वभाव प्रस्ट हुन्छ । गीतको यो हरफमा ‘पानी’ जीवनको आधार हो, पानी विना हामी बँँच्न सक्दैनौ, पानीले सबैको तिर्खा मेटाउँछ । गीतको यो हरफले गीतको पात्रको सेवाभाव, सहनशीलता र समर्पणलाई भित्रि रुपमा संकेत गरेको छ । ऊ यस्तो व्यक्ति हो जो सधैँ अरूको आवश्यकतामा आफूलाई समर्पित गर्छ तर “लोभी नजर बिसाउने समाजका स्वार्थी प्रवृत्तिका मानिसहरू उसका भावना बुझ्दैनन्, बुझ्ने कोशिश गर्दैनन् मात्र उसको उपयोग मात्रै गर्छन् ।

गीतमा जीवनको द्वैध चरित्र पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। “बाहिर हाँसो भित्र व्यथा मेरो जिन्दगी” गीतको यो हरफले मानिसको बाहिरी र भित्री संसारबीचको अन्तर देखाउँछ। समाजको अगाडि ऊ मुस्कुराइरहेको देखिन्छ तर भित्र भने उ गहिरो पीडा बोकेर बाँचिरहेको हुन्छ। यो वर्तमान समाजको यथार्थ चित्रण हो जहाँ मानिसहरू आफ्नो दुःख लुकाएर कृतिम खुसी देखाउन बाध्य हुन्छन्।
गीतका हरफहरुले प्रेमिल भाव पनि बोेकेका छन् । प्रेमको सन्दर्भमा पनि गीत ‘लोभी नजर’ अत्यन्त मार्मिक छ । “मैनजस्तै पग्लिदा नि दासी हजुरमा” ले प्रेममा भएको अत्यधिक समर्पणलाई देखाउँछ । मैनबत्ती जस्तै जल्दै अरूलाई उज्यालो दिने पात्र प्रेममा पूर्ण रूपमा विलिन भएको छ । तर यहाँ प्रेम बराबरीको सम्बन्ध होइन दासत्वजस्तै बनेको छ । उसले उनलाई गहिरो प्रेम गर्छ तर उसको त्यो गहिरो प्रेम, उसले उनी प्रति दर्शाएको निःस्वार्थ माया उनी प्रतिको सम्मान होइन उसको त्यो प्रेम उनको लागि उपेक्षा र घृणामा परिणत भएको छ ।
जवानी र आकर्षणलाई प्रेमको सुन्दर पक्ष मानिन्छ तर ‘लोभी नजर’ ले नियाल्दा जवानी र आकर्षण पनि पीडा संग जोडिएको छ । जवानी शक्ति होइन दुर्भाग्य बनेको छ । “नशा चढ्छ दशा माथी जवानी बनेर” गीतकारले जवानीलाई शक्तिको स्रोतभन्दा पनि दुःखको कारणका रूपमा प्रस्तुत गरेका छन् । सौन्दर्य र आकर्षणले अरूलाई लोभ्याउँछ, तर स्वयं पात्रलाई पीडित बनाउँछ । आकर्षण, सौन्दर्य र भावनाले अरूलाई लोभ्याउँछ, तर आफूलाई दुःख मात्र दिन्छ ।
गीत ‘लोभी नजर’ को अर्को महत्वपूर्ण र शसक्त पक्ष सामाजिक व्यवहारको गहिरो चित्रण हो। “बोझ थाम्दै शित्तल दिने चौतारी पो भएँ” । यहाँ पात्र आफूलाई चौतारीसँग तुलना गर्छ। चौतारी सबैका लागि विश्रामस्थल हुन्छ, सबैको लागि साझा हुन्छ, चौतारीमा हर कोहीले हर परिस्थिथितिमा विश्राम लिन्छन् तर चौतारी आफैँले चाँहि कहिल्यै विश्राम पाउँदैन। अरुलाई घाम, पानी, हुरी, बतास, तुफान, असिना, चट्याङबाट जोगाउने चौतारी आँफू भने दिनरात, झरी, बादलमा यी सबै परिस्थिति सहिरहन्छ । यसले समाजमा त्यस्तो व्यक्ति वा पात्रको अवस्थालाई देखाउँछ, जो सबैको भार बोक्छ तर आफ्ना दुःख विसाउने, दुःख सुनाउने कोही पनि हुँदैन, पाउँदैन ।
“एक्कैछिनलाई किन्न मिल्ने दौतरी म भएँ” । गीतको यो हरफले सम्बन्धको अस्थायीपनलाई उजागर गर्छ। यहाँ मित्रता, प्रेम र सम्बन्धहरू आवश्यकतामा आधारित बनेका छन्। जबसम्म उपयोग हुन्छ तबसम्म सम्बन्ध रहन्छ; उपयोग सकिएपछि सम्बन्ध टुट्छ । यसले आधुनिक समाजको स्वार्थी चरित्रलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ । यहाँ उसको मूल्य भावना होइन, उपयोगितामा सीमित भएको उसले महशुष गर्दछ ।
गीतमा मानवीय क्रूरताको गहिरो चित्रण पनि गरिएको छ । “मान्छे भन्नु आगो रैछन् जलाउँदै गा’छन्” यहाँ मानिसले मानिसमाथि गर्ने अन्याय, ईर्ष्या र पीडालाई संकेत गरिएको छ । समाजमा मानिसले सबैभन्दा बढी चोट मानिसबाटै पाउँछ भन्ने यथार्थ यहाँ उजागर भएको छ । मान्छेका लागि सबैभन्दा खतरनाक प्राणी नै मान्छे हो ।
गीतको अन्त्यमा “कति बाँडु ताप आफै खरानी बनेर” गीतको यो हरफले चरम त्यागको अवस्था देखाउँछ। पात्र आफू पूर्ण रूपमा समाप्त भएर पनि अरूलाई सुख दिन चाहन्छ। यसले अत्यधिक समर्पण अन्ततः आत्मविनाशमा परिणत हुन्छ भन्ने सन्देश दिन खोजेको पनि अनुभुति हुन्छ तर ऊ यो सन्देशलाई बुझ्न खोज्दैन मात्र आँफूलाई चरम त्यागमा नै समर्पण गरेर आँफै पूर्ण रुपमा समाप्त भएर पनि उनीलाई सुख दिन चाहन्छ, खुसी दिन चाहन्छ ।
समग्रमा सतिश चापागाईको शब्द रचनाको गीत ‘लोभी नजर’ एक संवेदनशील आत्माको गहिरो कथा हो, जसले जीवनभर अरूका लागि बाँच्दछ तर आफूलाई बचाउन सक्दैन। यो गीत प्रेम, समाज र मानवीय व्यवहारको ऐना हो । यसले पाठक र श्रोतालाई आत्मचिन्तन गर्न प्रेरित गर्छ अनि स्वभावतः प्रश्न उब्जन्छ ‘के हामी पनि कसैको भावनालाई प्रयोग मात्र गरिरहेका छैनौँ ? के हामी अरूको त्यागलाई सम्मान गर्न सकेका छौँ त ?
अन्ततः यो गीतले एउटा महत्वपूर्ण सन्देश दिन्छ जीवनमा अरूका लागि बाँच्नु महान् कुरा हो तर आफूलाई पूर्ण रूपमा भुल्नु बुद्धिमानी होइन । आत्मसम्मान, सन्तुलन र आत्मपहिचान बिना गरिएको त्याग पीडाको कारण मात्र बन्छ । यस अर्थमा प्रस्तुत गीत ‘लोभी नजर’ केवल मनोरञ्जन होइन, जीवनबोधको गहिरो दस्तावेज पनि बनेको छ । गीत ‘लोभी नजर’ ले आत्मत्यागको नाममा हुने भावनात्मक शोषणको गम्भीर चत्रिण गरेको छ । गीतले प्रेम र सम्बन्धमा सन्तुलन आवश्यक छ भन्ने सन्देश दिएको छ, अत्यधकि समर्पण सम्मान विहिन बनेमा त्यो पीडाको कारण मात्र बन्छ ।
सतिष चापागाईको यति गहिरो भावको गीति हरफहरुलाई गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्नो मधुर र लययुक्त स्वर एवं संगीतमा सजाएकी छिन् । उक्त गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ । ओपल स्टुडियोमा शंकर लिम्वुले रेकर्ड गरेका गीत ‘लोभी नजर’ विश्व अधिकारीले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतमा वाद्यवादन तर्फ गितार विश्व अधिकारी, मादल पोषण घर्ती मगर,बाँसुरी गोपाल देव, सारङ्गी हेमन्त कान्छा रसाइलीले बजाएका छन् ।
रिमा फिल्मस्को प्रोष्ट प्रोडक्शनमा दिनेश विष्टले छायाँकंन तथा मिराज अर्यालको सम्पादन, कलर र निर्देशन गरेका गीत ‘लोभी नजर’ को भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई आफै फिचर्ड छिन् भने उनलाई आशिष खतिवडा, आशिष अर्याल, शान्ति भट्ट, दीक्षा चौधरी, बाल कलाकारमा आलोक अर्याल, आरुसी अर्यालले साथ दिएका छन् । भिडियोको लागि भैरव बुटिकले पोसाक उपलब्ध गराएको छ भने कलाकारलाई यमुना पाण्डेले श्रृङ्गार गरेकी छिन् । गीत ‘लोभी नजर’ को भिडियो गीतकार सतिश चापागाईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गायिका तथा संगीतकार बबिना भट्टराईले गीत लोभी नजर सार्वजनिक भएको खुसी साट्दै भन्छिन्
‘सारै सरल र सहयोगी मनका धनी, सामाजिक कार्य सङ्गै गीति लेखनमा अब्बल आदरणीय गीतकार सतीश चापागाई ज्यू को सुन्दर शब्द रचनामा सहकार्य गर्ने अवसर जुर्यो, यसका लागि गीतकार सतीश चापागाईलाई मनै देखि हार्दिक आभार व्यक्त गर्न चाहान्छु साथै यो सुन्दर कर्ममा जोडिएर मलाई साथ र सहयोग पुर्याउनु हुने अडियो तर्फ ’ओपल रेकर्डिङ्ग स्टुडियो’ र भिडियो तर्फ ’मिराज अर्याल’ ज्यू को टिमलाई मनै देखि आभार व्यक्त गर्न चाहान्छु साथै गीत कस्तो लाग्छ हजुरहरुको अमुल्य सल्लाह र सुझाबको अपेक्षा सदैव रहनेछ !’
गीतकार सतिश चापागाईले गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्ना शब्दहरुलाई न्याय गरि मधुर संगीत र स्वरमा सजाएर गीत आँफूले सोचे भन्दा पनि राम्रो बनाएकीमा कृतज्ञ भएको बताएका छन् भने भिडियोमा आफ्ना गीतका शब्दहरुको भाव उतारेकीमा खुसी व्यक्त गरेका छन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिना भर्खरै शिव तण्डव भजन सार्वजनिक गरेर आफ्नो भजन प्रतिको लगावलाई दर्शक, श्रोताहरु माफ अझ शसक्त बनाएकी छिन् ।
गीत लोभी नजर
कति मेटुँ सबको तिर्खा पानी बनेर
लोभी नजर बिसाउने नानी बनेर ।
चिल्लो पाना खस्रो कथा मेरो जिन्दगी
बाहिर हाँसो भित्र व्यथा मेरो जिन्दगी
जति थप्छु त्यति बढ्छ प्यासी हजुरमा
मैनजस्तै पग्लिदा नि दासी हजुरमा
नशा चढ्छ दशा माथी जवानी बनेर ।
लोभी नजर बिसाउने नानी बनेर ।
बोझ थाम्दै शित्तल दिने चौतारी पो भएँ
एक्कैछिनलाई किन्न मिल्ने दौतरी म भएँ
जो भेटिन्छन् आफ्नो खुशी चलाउदै गा’छन्
मान्छे भन्नु आगो रैछन् जलाउँदै गा’छन्
कति बाँडु ताप आफै खरानी बनेर
लोभी नजर बिसाउने नानी बनेर ।
ताजा
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





