खगेन्द्र सुनारलाई तीन वर्ष कैदको माग

२०८२ माघ १५ गते, बिहीबार

रुपन्देही । गाइ–गोरुको मासु खान पाउनुपर्ने भन्दै बाँकेको क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लुम्बिनी प्रदेश सभामा सांसदले नै कारबाहीको माग गरेका छन् ।

प्रदेश सभा सदस्य अम्बिका काफ्ले बुधबार यस विषयमा गम्भीर ध्यानाकर्षण गर्दै यस्ता अभिव्यक्ति दिने जोसुकैलाई कानुनअनुसार ३ वर्ष कैद हुनुपर्ने माग गरेकी हुन् । दुई दिनअघि सार्वजनिक भिडियोमा सुनारले अरु जनावरजस्तै गाईगोरु खान चाहनेले पाउनुपर्ने बताएका थिए तर चौतर्फी विरोध भएपछि आफूले त्यसो आशयमा नभनेको भन्दै खण्डन गरेका छन् ।

प्रदेश सभाको बैठकमा सांसद काफ्ले सुनारको नाम नदिई बाँकेमा उम्मेदार नै बनेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले सामाजिक र धार्मिक सद्भावमा गम्भीर असर परेको भन्दै कारबाही माग गरेकी हुन् ।

‘संविधानको धारा ४ मा धर्मनिरपेक्षता प्रष्ट उल्लेख छ, तर गाईगोरुको मासु खान पाउने विषय किन आयो रु सामाजिक र धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति कोही कसैले दिन पाइदैँन, चाहे जुनसुकै दलको होस्, मुलकी अपराध संहिताले गाईगोरु मार्नकुट्न पाइदैन भनेर यसका लागि ३ वर्ष थुनिनुपर्छ भन्ने सजाय तोकेको छ, यस्ता गमभीर विषयले भोलि धार्मिक हिंसा भड्किए कसले जिम्मेवारी लिने रु सनातनीहरुले पुज्ने गाईगोरुमाथि किन यस्तो धारणा सार्वजनिक भयो ? यसको अभिव्यक्ति दिनेले जिम्मेवारीबोध हुनुपर्छ । कारबाही भोग्नुपर्दछ, म प्रदेश सभामार्फत सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भनेकी छन् ।

107 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal