खगेन्द्र सुनारलाई तीन वर्ष कैदको माग
रुपन्देही । गाइ–गोरुको मासु खान पाउनुपर्ने भन्दै बाँकेको क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लुम्बिनी प्रदेश सभामा सांसदले नै कारबाहीको माग गरेका छन् ।
प्रदेश सभा सदस्य अम्बिका काफ्ले बुधबार यस विषयमा गम्भीर ध्यानाकर्षण गर्दै यस्ता अभिव्यक्ति दिने जोसुकैलाई कानुनअनुसार ३ वर्ष कैद हुनुपर्ने माग गरेकी हुन् । दुई दिनअघि सार्वजनिक भिडियोमा सुनारले अरु जनावरजस्तै गाईगोरु खान चाहनेले पाउनुपर्ने बताएका थिए तर चौतर्फी विरोध भएपछि आफूले त्यसो आशयमा नभनेको भन्दै खण्डन गरेका छन् ।
प्रदेश सभाको बैठकमा सांसद काफ्ले सुनारको नाम नदिई बाँकेमा उम्मेदार नै बनेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले सामाजिक र धार्मिक सद्भावमा गम्भीर असर परेको भन्दै कारबाही माग गरेकी हुन् ।
‘संविधानको धारा ४ मा धर्मनिरपेक्षता प्रष्ट उल्लेख छ, तर गाईगोरुको मासु खान पाउने विषय किन आयो रु सामाजिक र धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति कोही कसैले दिन पाइदैँन, चाहे जुनसुकै दलको होस्, मुलकी अपराध संहिताले गाईगोरु मार्नकुट्न पाइदैन भनेर यसका लागि ३ वर्ष थुनिनुपर्छ भन्ने सजाय तोकेको छ, यस्ता गमभीर विषयले भोलि धार्मिक हिंसा भड्किए कसले जिम्मेवारी लिने रु सनातनीहरुले पुज्ने गाईगोरुमाथि किन यस्तो धारणा सार्वजनिक भयो ? यसको अभिव्यक्ति दिनेले जिम्मेवारीबोध हुनुपर्छ । कारबाही भोग्नुपर्दछ, म प्रदेश सभामार्फत सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भनेकी छन् ।
ताजा
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





