‘हाम्रो उज्यालो समाज नेपाल’ ले अघि सार्यो देश विकासको भीजन

२०७८ मंसिर १८ गते, शनिबार

काठमाडौं । ‘हाम्रो उज्यालो समाज नेपाल’ले जनता जागरण अभियानबाट समाजलाई बलियो बनाउने भन्दै यो अभियानमा सक्रियताका साथ सहभागी हुन आम नेपाली जनतालाई आह्वान गरेको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाले सधंै जनतालाई उर्जा शक्ति दिने लक्ष्य लिएको जानकारी दिइएको छ । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष डिल्लीराम श्रेष्ठले नेपाली जनताहरु पार्टीका नीतिगत हिसाबले पछि परेको भन्दै अधिकाशं जनताले नयाँ व्यवस्था खोजिरहेको टिप्पणी गरे।
यस्तै, उनले संस्थाका नीति तथा कार्यक्रमहरु सातै प्रदेशमा सञ्चालन गर्न लागेको जनकारी समेत दिए। श्रेष्ठले देश विकास गर्नको अब तालाचाबी जनताकै हातमा भएको भन्दै यस अभियानमा जुट्न सबैमा आग्रह गरेका छन् ।
‘हरेक हप्ता विहान ६ बजेबाट ८ बजेसम्म टोल–टोलबाट वडा कार्यक्रम गर्नेछौं । समाजमा रहेका विभिन्न कमिकमजोरी हटाई देश विकास गर्नसक्ने बाटो जनताकै हातबाट गर्नेछौं । तालाचाबी जनताकै हातमा छ’–उनले भने ।
साथै, उनले आफ्नो संस्थाले भ्रष्टाचार निर्मुल पार्न सकिने विभिन्न प्रावधानहरु तयार पारेको दाबी गर्दै उक्त कार्यक्रमले युवा र महिला वर्गलाई विषेश प्रोत्साहन गर्ने पनि जनाए । उनलेजनताका छोराछोरी विदेश जानु नपरोस भन्ने संस्थाको लक्ष्य रहेको पनि सुनाए । र, आफ्नो संस्थाले दिएको मार्गदर्शनअनुसार चल्नसके युवाहरुको भलो हुने श्रेष्ठको दाबी थियो ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal