‘हाम्रो उज्यालो समाज नेपाल’ ले अघि सार्यो देश विकासको भीजन

२०७८ मंसिर १८ गते, शनिबार

काठमाडौं । ‘हाम्रो उज्यालो समाज नेपाल’ले जनता जागरण अभियानबाट समाजलाई बलियो बनाउने भन्दै यो अभियानमा सक्रियताका साथ सहभागी हुन आम नेपाली जनतालाई आह्वान गरेको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाले सधंै जनतालाई उर्जा शक्ति दिने लक्ष्य लिएको जानकारी दिइएको छ । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष डिल्लीराम श्रेष्ठले नेपाली जनताहरु पार्टीका नीतिगत हिसाबले पछि परेको भन्दै अधिकाशं जनताले नयाँ व्यवस्था खोजिरहेको टिप्पणी गरे।
यस्तै, उनले संस्थाका नीति तथा कार्यक्रमहरु सातै प्रदेशमा सञ्चालन गर्न लागेको जनकारी समेत दिए। श्रेष्ठले देश विकास गर्नको अब तालाचाबी जनताकै हातमा भएको भन्दै यस अभियानमा जुट्न सबैमा आग्रह गरेका छन् ।
‘हरेक हप्ता विहान ६ बजेबाट ८ बजेसम्म टोल–टोलबाट वडा कार्यक्रम गर्नेछौं । समाजमा रहेका विभिन्न कमिकमजोरी हटाई देश विकास गर्नसक्ने बाटो जनताकै हातबाट गर्नेछौं । तालाचाबी जनताकै हातमा छ’–उनले भने ।
साथै, उनले आफ्नो संस्थाले भ्रष्टाचार निर्मुल पार्न सकिने विभिन्न प्रावधानहरु तयार पारेको दाबी गर्दै उक्त कार्यक्रमले युवा र महिला वर्गलाई विषेश प्रोत्साहन गर्ने पनि जनाए । उनलेजनताका छोराछोरी विदेश जानु नपरोस भन्ने संस्थाको लक्ष्य रहेको पनि सुनाए । र, आफ्नो संस्थाले दिएको मार्गदर्शनअनुसार चल्नसके युवाहरुको भलो हुने श्रेष्ठको दाबी थियो ।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal