राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघद्वारा एकता महाधिवेशन बहिष्कार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकोराष्ट्रिय एकता महाधिवेशनमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघबाट अत्यन्त कम प्रतिनिधित्व गराइएको भन्दै उत्थान संघले राप्रपाको महाधिवेशन बहिष्कार गरेको छ । संघ राप्रपाको भातृ संगठन हो ।
आज रिपोर्टर्स क्लब नेपालमा आकस्मिक पत्रकार सम्मेलन गर्दै संघले पार्टी एकीकरणपश्चात् उत्पीडित समूदायलाई दिईएको ३ वटा कोटा पर्याप्त नरहेको भन्दै महाधिवेशन बहिष्कार गरेको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रियसंघकाअध्यक्ष ऋषिबाबु परियारले हिन्दु धर्मभित्र रहेका विकृति र विसंगतिले दिनप्रतिदिन धर्म कमजोर भइरहेको भन्दै यस्ता समस्याहरुलाई अन्त्य नगरेसम्म हिन्दुधर्म बलियो बन्न नसक्ने धारणा राखेका थिए । साथै, उनले यस्ता समस्याको समाधान गर्नको लागि राज्यपनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । यस्तै, उनले ३ वटा पार्टीको एकीकरणपश्चात् संगठनको आकार पनि बढेको भन्दै उत्पीडित समुदायलाई दिइँदै आएको ३ वटा कोटा पर्याप्त नभएको बताएका थिए । ‘पार्टीमा हामीले यो कुरा राख्यौं, नेताहरुसँग अनुरोध गर्यौं तर, हाम्रो माग सम्बोधन भएन’–उनले भने ।
उनले मुलुकमा ७० लाखको हाराहारीमा रहेका दलित समुदाय र पछाडिपरेका उत्पीडित वर्गलाई राष्ट्रिय विकासको मूलप्रवाहमा ल्याउन नसकेसम्म राष्ट्रिय विकासले गति लिन नसक्ने पनि धारणा राखे । उक्त कार्यक्रममा सहभागीहरुले राष्ट्रले दिएको अधिकार पनि पार्टीले बञ्चित गरेको भन्दै दुःख व्यक्त गरेका थिए ।
अध्यक्ष परियारले आफूले तीन वटा पार्टीबीच एकता भएपछि राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनहरुलाई समायोजन गर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको सुनाए । तर, अहिले पार्टीले महाधिवेशनमा आफूहरुको प्रतिनिधित्व अत्यन्तै कमजोर रुपमा गराएको भन्दै उनले असन्तुष्टि पोखे । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘पछाडि परेको वर्गलाई अगाडि बढाउने सन्दर्भमा यतिखेर राष्ट्रिय प्रजातन्त्र पार्टी चुकेको छ र विवेक गुमाएको छ । तसर्थ, राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन उत्पीडित उत्थान संगठन यो एकता महाधिवेशन सर्वसम्मत् रुपमा बहिष्कार गरिएको व्यवहोरा निवेदन गर्दछौं ।’
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





