जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने मन्त्री आलेको प्रतिबद्धता

२०७८ मंसिर १८ गते, शनिबार

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् ।
‘सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको छ । पशुपतिनाथभन्दा धेरै पूरानो रहेको जानकी मन्दिर हो,’ उनले भने, ‘म पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले अब छिट्टै नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्नका लागि आफ्नो तर्फबाट भरपूर कोशिस गरेर जुनसुकै हालतमा पनि राख्न लाग्नेछु ।’
मन्त्री आलेले नेपालकै सबभन्दा ऐतिहासिक र धार्मिक आस्था बोकेको जनकपुरधामको जानकी मन्दिरलाई आफ्नै कार्यकालमा विश्व सम्पदा सूचिमा राख्न विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘श्रीराम जानकी विवाहोत्सवको अवसरमा सम्पूर्ण मिथिलावासीमा शुभकामना व्यक्त गर्न चाहन्छु,’ मन्त्री आले भने, ‘ मिथिला सभ्यता भनेको हजारौं वर्ष पूरानो हो । मिथिला सभ्यता कला, संस्कृति, सँगीत, भेषभूषा लगायत हरेक क्षेत्रमा धनी रहेको छ ।’ उनले यसै विवाह पञ्चमीको दिन भारतका लाखौं भक्तजन जनकपुरधामको जानकी मन्दिरमा आएर दर्शन गर्ने गरेको उल्लेख गरे ।
तीन वर्ष अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विवाहपञ्चमीकै दिन जनकपुरधाम आएर माता जानकीको पुजाआजा गरेको स्मरण मन्त्री आलेले गरेका हुन् । उनले नेपालमा भगवान पशुपतिनाथ जति नै जानकी मन्दिर पनि महत्वपूर्ण रहेको बताए ।

उनले आफ्नो मन्त्रालयबाट हुनसक्ने सबै किसिमको सहयोग जानकी मन्दिरका निम्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए । सो कार्यक्रममा मन्त्री आलेलाई मिथिला संस्कृति समाजले मायाको चिनासमेत प्रदान गरेको थियो ।
मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले पनि श्रीराम जानकी विवाहोत्सवको शुभकामना मन्तव्य दिएका छन् । उनले मिथिला संस्कृतिको चर्चा गर्दै यसको संरक्षणका लागि सबैले आआफ्नो तर्फबाट योगदान पु¥याउन आग्रह गरेका थिए ।
यस्तै, कार्यक्रममा कार्यक्रममा मिथिलाञ्चलको संस्कृति र संस्कारलाई बचाई राख्ने संस्कृतिविद् तथा सो क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई स्रष्टा सम्मानसमेत गरिएको थियो ।
यसैगरी कार्यक्रममा राम मन्दिर थापाथलीका महन्थ राम स्वरुप दास वैष्णव, साहित्यकार तथा लेखिका रेखा यादव, समाजसेवी विनोद अग्रवाल, तराई मधेश राष्ट्रिय परिषद्का संयोजक अधिवक्ता विकास कुमार ठाकुर, समाजसेवी रामप्रवेश साह, श्री माँ दुर्गा भवानी पुजा एवं हिन्दू संस्कृति परिषद्का अध्यक्ष राम शोभित नायक, साबित्री अगरबती उद्योगका प्रबन्धक पुस्कर केसी, याक एण्ड यतिका असिस्टेन्ट मेनेजर उमेश देव लगायतको उपस्थिति रहेको थियो ।

120 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal