कक्षा १२ को नतिजा सार्वजनिक
२०७८ मंसिर १७ गते, शुक्रबार
काठमाडौँ । गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।
बोर्डको आज बिहान बसेको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिए । उहाँका अनुसार प्रकाशित नतिजा करिब एक घण्टापछि https://neb.ntc.net.np/ बाट हेर्न सकिनेछ । कक्षा १२ को परीक्षामा तीन लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।
105 Views