ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

२०७८ मंसिर १७ गते, शुक्रबार

काठमाडौं । प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिकबारे मिडियामा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बन्न लागेको हो । काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा प्रयुक्त हुने भाषा अपमानजनक भएको निष्कर्षका साथ अब छिट्टै निर्देशिका जारी हुन लागेको उल्लेख गरेको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ । काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकिय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदललाई एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको हो ।
कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घसहितका सरोकारवाला निकायसँग सुझाव लिई उक्त काम गर्नेछ । काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ को आधारमा अपाङ्गतामैत्री, बालमैत्री सञ्चार निर्देशिका र महिला उत्तरदायी सञ्चार निर्देशिका कार्यन्वयनमा ल्याएको छ । आचारसंहिता र निर्देशिकामा तोकिएका मापदण्ड अनुसार भाषा प्रयोग भए÷नभएको नियमित अनुगमन हुँदै आएको र उल्लङ्घन गर्ने मिडियालाई सचेत गराइएको काउन्सिल अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
यसैबिच प्रेस काउन्सिल नेपालले लोकल्याणकारी विज्ञापन प्रकाशन÷प्रसारणमा समेत ज्येष्ठ नागरिकमैत्री सन्देश प्रवाह गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको सुझाव समेतका आधारमा त्यस्ता सन्देश विज्ञापन बोर्डलाई पठाइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्घारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली मिडियाको भाषा मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको अग्रसरताले हामीलाई खुसी तुल्याएको छ । यसले ज्येष्ठ नागरिकप्रति नै सम्मान भएको छ’ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले भन्नुभयो ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal