ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

२०७८ मंसिर १७ गते, शुक्रबार

काठमाडौं । प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिकबारे मिडियामा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बन्न लागेको हो । काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा प्रयुक्त हुने भाषा अपमानजनक भएको निष्कर्षका साथ अब छिट्टै निर्देशिका जारी हुन लागेको उल्लेख गरेको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ । काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकिय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदललाई एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको हो ।
कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घसहितका सरोकारवाला निकायसँग सुझाव लिई उक्त काम गर्नेछ । काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ को आधारमा अपाङ्गतामैत्री, बालमैत्री सञ्चार निर्देशिका र महिला उत्तरदायी सञ्चार निर्देशिका कार्यन्वयनमा ल्याएको छ । आचारसंहिता र निर्देशिकामा तोकिएका मापदण्ड अनुसार भाषा प्रयोग भए÷नभएको नियमित अनुगमन हुँदै आएको र उल्लङ्घन गर्ने मिडियालाई सचेत गराइएको काउन्सिल अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
यसैबिच प्रेस काउन्सिल नेपालले लोकल्याणकारी विज्ञापन प्रकाशन÷प्रसारणमा समेत ज्येष्ठ नागरिकमैत्री सन्देश प्रवाह गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको सुझाव समेतका आधारमा त्यस्ता सन्देश विज्ञापन बोर्डलाई पठाइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्घारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली मिडियाको भाषा मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको अग्रसरताले हामीलाई खुसी तुल्याएको छ । यसले ज्येष्ठ नागरिकप्रति नै सम्मान भएको छ’ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले भन्नुभयो ।

102 Views

ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal