यस्तो छ काँग्रेस महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक
२०७८ मंसिर १७ गते, शुक्रबार
काठमाडौं । काँग्रेसको १४ औं महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरिएको छ । यससँगै केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशन पूर्वको एक हप्ते प्रचार अभियान सुरु भएको काँग्रेसले जनाएको छ ।
प्रचार ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र काँग्रेसको झण्डा बोकेका छन् भने चुनाव चिन्ह रुख तथा वीपी कोइराला लगायतका अग्रज नेतृत्वको तस्वीर समेत राखिएको छ ।
96 Views