आफूहरुलाई विभेद गरिएको राष्ट्रिय अपांग महासंघ नेपालको निश्कर्ष

२०७८ मंसिर १७ गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिको अधिकार कटौती गर्नु दुर्भाग्य भएको बताएका छन् ।
अपांगता भएका व्यक्तिको ३० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महासंघद्धारा आफ्नै कार्यालय भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले सरकारले आफूहरुलाई अधिकार र कोटा थप्दै जानुभन्दा पनि पाइरहेको अधिकार पनि कटौती गर्दै गरेकोमा चिन्ता व्यक्त गरे । ‘हामी भद्र ढंगले आफ्ना माग सरकारसँग राख्छौं, आन्दोलन र तोडफोड गर्दैनौं त्यसैले पनि हामीलाई हेपिएको हुन सक्छ’ शर्माले भने ‘ हाम्रो पीँडा कति छ भन्ने हामीलाई मात्र थाहा छ, राजनीतिक पार्टीले पनि हामीलाई वेवास्ता गरेका छन् ।’ नेकपा एमालेले भर्खरै सम्पन्न गरेको महाधिवेशनमा अपांगता भएको व्यक्तिको कोटा नछुट्याएकोमा उनले आपत्ति जनाए । ‘कोटा दिएन यसमा आपत्ति छ त्योभन्दा पनि यसबारे सामान्य छलफल समेत नगरिनु दुर्भाग्य हो’ शर्माले भने ‘ हामी आगामी दिनमा यसबारे अरु पार्टीसँग पनि गम्भीर ढंगले छलफल गर्र्छौ ।’
दिवस शुक्रबार मनाइदैछ । महासंघले बिहीबारदेखि ६ दिनसम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदैछ । शर्माले कोरोनाविरुद्धको खोपमा पनि अपांगता भएका व्यक्तिलाई विभेद गरिएको आरोप लगाए । महासंघले सरकारद्धारा गठन गरिएका विभिन्न आयोगमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने मागसमेत राखेको छ ।

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal