प्रदेश समिति सदस्यमा गोरखाबाट निर्वाचित सांसद दवाडीलाई मतदान किन ?

२०७८ मंसिर १७ गते, शुक्रबार

काठमाडौं । गोरखा २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले गण्डकी प्रदेश समिति सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
बिहीबारदेखि सुरु भएको प्रदेश अधिवेशनको आज मनोनयन दर्ता हुने छ भने शनिबार निर्वाचन कार्यक्रम रहेको छ । ‘मेरो राजनीति समाजसेवाका लागि, मेरो राजनीति तपाइहरुको सेवाको लागि’ भन्ने मुख्य नारा बनाएका उनले यो नारालाई सार्थक बनाउँदै लगेका छन् । उनी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । उनले गाउँघरको विकास निर्माणमा महत्वपूर्ण योगदान गर्दै आएका छन् । उनले सांसदबापत पाउने तलवभत्ता पनि गाउँकै सेवाका लागि लगानी गर्दै आएका छन् ।
राजनीतिमा देखिएको भ्रष्टाचार र अनियमितताको विरुद्धमा बोल्दै आएका उनले आफूले प्रदेश समितिको जिम्मेवारी पाएपछि कांग्रेसलाई मजबुत बनाउँदै लैजाने बताएका छन् । ‘यो प्रदेशलाई कांग्रेसमय बनाउने मेरो योजना हो, यहाँ कांग्रेस कमजोर छैन , पार्टीमा देखिएका समस्यालाई व्यवस्थित गर्छु’ उनले भने ‘ गफले मात्र जनताको मन जित्न सकिँदैन त्यसैले मन छुने काम गर्नुपर्छ भन्ने मेरो बटमलाइन हो ।’ उनले कांग्रेसको यो महाधिवेशनमा गोरखा २ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर जितेका हुन् ।
अधिकांश समय गाउँमा जनतासँग नै रहने उनले विभिन्न संघसंस्थालाई आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् । ‘म जनताको मान्छे हुँ, मतदाताले बोलाएको ठाउँमा जान्छु र उहाँहरुको गुनासो सुन्छु’ उनले भने ‘उहाँहरुले नै जिताएर म सांसद भएको हुँ त्यसैले मैले कहिल्यै पनि आफू ठूलो मान्छे भएँ भन्ने सोचेको छैन र सोच्न पनि सक्दिन ।’ उनी बारम्वार मतदातासँग पुगेर उनीहरुको गुनासो सुन्नेमात्र होइन सकेसम्म समाधानको पहल गर्दै आएका छन् । मतदाताको समस्यालाई आफ्नै समस्या सम्झने उनी कहिले गरिव वस्तीमा पुगेर मतदातालाई आफूले लगाएको ज्याकेट प्रदान गर्छन्, कहिले बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्छन् । यतिमात्र होइन काजकिरिया गर्नेसम्म आर्थिक अवस्था नभएकालाई काजकिरिया खर्च पनि दिएका छन् ।
दवाडीको कामलाई मतदाताले पनि उच्च प्रशंसा गरेका छन् । ‘कसैलाई दुःख नपरोस् भन्ने हो, अरु मानिस संकटमा पर्दा म हाँसेर हिँड्न सक्दिन’ उनले मतदातालाई सम्झँदै भने ‘अब मतदाताले मलाई जसरी पत्याउनुहुन्छ त्यो गुन तिरेरै छोड्ने छु ।’

244 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal