पुर्वमन्त्री गौचनद्धारा राप्रपा उपाध्यक्षमा उम्मेदवारी घोषणा

२०७८ मंसिर १४ गते, मंगलवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा पार्टीका प्रभावशाली नेता तथा पुर्व मन्त्री जगत प्रसाद गौचनले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुर्वमन्त्री गौचनले जनतालाई गरेको वाचा पुरा गर्न राजेन्द्र लिङदेनको प्यानलबाट उम्मेदवारी दिने बताए । राप्रपाको महाधिवेशन मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुँदैछ ।
२०६५ साल जेठ १५ गते संसद भवनबाट गणतन्त्र घोषणा हुन गईरहेको समयमा आफु एक्लैले टुडिखेलमा गणतन्त्रको विरोधमा विरोध जुलुश निकालेको सुनाउदै उनले भने, ‘त्यत्तिबेला सम्बोधनको क्रममा मैले तपाईहरुले आन्दोलन गरेर वार्ता गरेर आन्दोलन स्थागित भएको मात्र हो कुनै वार पार भएको छैन् । तर, तपाईहरुले धोका दिनुभयो । सच्चाउनु होस् नत्र गणतन्त्र ढालिदिन्छौ भनेको थिए ।’ हिजो आफुले थापेको जगमा अहिले सारा देश हिड्न थालेको उनको भनाई थियो । १२ बुंदे सहमती गर्ने नेताहरु पनि आफै असफल भएको उनले आरोप लगाए ।
अब राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए । राप्रपाको आसन्न महाधिवेशनबाट नयाँ युवाहरुको नेतृत्व आउनुपर्नेमा जोड दिँदै उनले भने, पुराना र परिपक्क नेताहरुले अब मार्गदर्शन गर्नुपर्छ । संरक्षक भएर बस्नुपर्छ, युवाहरुलाई अगाडी आउन दिनपर्छ ।’ आन्दोलनलाई सफल पार्न र जनताहरुसँग गरेको वाचा पु्र्याउन आफुले उम्मेदवारी दिन लागेको गौचनले बताए ।
२०४६ पछि सम्पुर्ण पार्टीहरुको नेतृत्वमा बसेकाहरुले मुलुकलाई समृद्ध बनाउन नसकेको उनले आरोप लगाए । उनले भने, ‘कसैले पनि कुनै दिशा दिन सकेनन् । अब नयाँ पुस्ताहरु नेतृत्वमा आउन पर्छ भन्ने मेरो मान्यता छ ।’ उनले पुरानो पुस्तालाई संरक्षकमा राखेर सहमति गरेर अगाडी बढ्ने भन्दै यदी सहमति हुन नसकेमा चुनावी मैदानमा उत्रिन आफु तयार भएको उनले बताए ।

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal