एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित
२०७८ मंसिर १४ गते, मंगलवार
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ ।
१० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा। भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हो ।
निर्वाचन आयोगका एक सदस्यका अनुसार ओली फराकिलो मतान्तरले निर्वाचित भएको पुष्टि गर्दै अब मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।
116 Views