भीम रावलद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता
२०७८ मंसिर १३ गते, सोमबार
चितवन । भीम रावलले एमालेको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले आज निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।
97 Views