ओली राष्ट्रियताका प्रतीकः थापा
२०७८ मंसिर १० गते, शुक्रबार
चितवन । राप्रपा अध्यक्ष कमल थापाले एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको बताएका छन् ।
राप्रपा अध्यक्ष थापाले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्तिलाई अन्त्य गरेको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै उनले विप्लव र सिके राउतलाई राष्ट्रिय मूल धारमा ल्याएको भन्दै ओलीको प्रशंसा गरे ।
थापाले एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति र देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको बताउँदै यो महाधिवेशनलाई देश विदेशका शक्तिहरुले उत्सुकताका साथ हेरिरहेको उल्लेख गरे ।
105 Views