प्रकाशमानका उम्मेदवार बानियाँलाई शेरबहादुरका उम्मेदवार कार्कीको यस्तो चुनौती

२०७८ मंसिर १० गते, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको निर्वाचन १२ गते आइतबार हुँदैछ । शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
सभापतिम वर्तमान सभापति सबुज बानियाँ र २ नम्बर क्षेत्रका सभापति उपेन्द्र कार्कीबीच प्रतिष्पर्धा हुँदैछ । बानियाँको यो कार्यकाललाई कांग्रेस बुझ्नेहरुले सुखद् मानेका छैनन् । उनले सभापति हुँदा पार्टीभित्र देखिएको विवादलाई हल गर्न पनि सकेनन् । कांग्रेस नेता प्रकाशमान सिंहको उम्मेदवारको रुपमा मात्र उनलाई हेरिएको छ । सिंहले आफू काठमाडौंमा बलियो भएकाले स्वभाविक रुपमा बानियाँले जित्छन् भनेर दाबी गरे पनि पछिल्लो समयमा सिंहको गुट कमजोर भएको विश्लेषण गर्न थालिएको छ । सिंह काठमाडौं–१ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद र पार्टीका पूर्व महामन्त्री तथा उप–सभापति पनि हुन् । सिंहकै प्रतिनिधिका रुपमा बानियाँ अघि बढेका छन् । बानियाँले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ६ मा पनि आफू पक्षधर सभापतिका उम्मेदवार कृष्णमान श्रेष्ठलाई सभापति जिताउन सकेनन् । यो क्षेत्रमा भीमसेनदास प्रधान पक्षका श्यामकृष्ण खड्गीले सभापति जिते । यस अर्थमा पनि बानियाँ कमजोर हुँदै गएको अनुमान लगाउन सकिन्छ । पछिल्लो समयमा कांग्रेसका कुनै पनि नेताले काठमाडौंमा दोहो¥याएर सभापति जितेका छैनन् । बानियाँलाई गुटको पछि लागेको र पार्टीको भन्दा पनि सिंहकै कार्यकर्तामात्र भएको पनि आरोप लागेको छ ।
उपेन्द्र काठमाडौं २ को दुइपटक सभापति भइसकेका छन् । उनी प्रखर वक्ताका रुपमा चिनिन्छन् । पार्टीमा धेरै लामो समयसम्म योगदान र संघर्ष गर्दै आएका कार्कीले सभापतिको उम्मेदवारी धेरै अघि घोषणा गरेका हुन् । उनी कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको उम्मेदवार पनि रहेका थिए । कार्कीको क्षेत्रमा मतदाता बढी भएकाले पनि उनले जित्ने बलियो आधार भएको छ । २६ जना महाधिवेशन प्रतिनिधिमा २२ जना कार्की पक्षका आएका छन् । कार्कीलाई काग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको समर्थन रहेको छ । यसैगरी नेता कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री तथा काठमाडौं ६ बाट निर्वाचित प्रतिनिधिसभा सांसद भीमसेनदास प्रधान, काठमाडौंका पूर्व सभापतिहरु तीर्थराम डंगोल, ध्यानगोविन्द रञ्जितलगायतको पूर्ण समर्थन रहेको छ ।
कार्कीले आफू सभापति भएपछि जिल्लाको लागि के गर्ने भनेर खाकासमेत तयार पारिसकेका छन् । पार्टी संगठन विस्तारमा कुशल भूमिका खेल्दै आएका कार्कीले अहिलेसम्म पार्टीमा वा सामाजिक कार्यमा जे भूमिका पाए त्यसलाई कुशलतापूर्वक निर्वाह गरेका छन् । उनी पार्टीमा आलोचित र कलंकित भएका छैनन् । क्रियाशील सदस्यमा सबैजसो क्षेत्रमा विवाद हुँदा पनि कार्कीले विवादरहित ढंगले नामावली बुझाएका थिए ।
कार्कीले सबै मतदाता तथा शुभेच्छुकसँग सहयोगको अपेक्षा गरेका छन् । उनले आफ्नो नेतृत्वले काठमाडौं कांग्रेस गतिशील र उर्जाशील हुने स्पष्ट पारेका छन् ।

150 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal