ओलीसँग अध्यक्षमा भिड्न चितवन पुगेका भीम रावलको गलाभरी माला

२०७८ मंसिर ९ गते, बिहीबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज साँझ चितवन पुगेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्क्षको उम्मेदवारी दिने घोषणा गरेर पुगेका उनको भव्य स्वागत भएको छ । रावलको समर्थकहरु झण्डासहित स्वागतका लागि पुगेका थिए । उनको गलामा मालाहरु लगाइदिएका थिए । रावलको गलाभरी मालाले भरिएको थियो ।
समर्थकहरुले आफूहरुको साथ रहेको भनेका थिए । रावल उत्साही भई धन्यवाद ज्ञापन गरेका थिए । नवौं महाधिवेशनमा एमाले उपाध्यक्षमा सर्वाधिक मत ल्याई विजयी भएका रावलले यसपटक अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी ओलीका कटु आलोचक हुन् ।
एमाले विभाजन हुँदा रावल फुटको पक्षमा लागेनन् । उनले यसमा ठूलै राजनीतिक जोखिम मोले । उपप्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र पर्यटनमन्त्री भइसकेका रावलसँग लामो राजनीतिक अनुभव छ । राजनीतिशास्त्रमा विद्यावारिधी समेत गरेका रावलले भविष्यको ढोका खोल्ने गरी ओलीलाई यसपटक चुनौती दिन खोजेका छन् । उनले ओलीविरोधी धारको नेतृत्व गर्ने रणनीति बनाएको देखिदैछ । (साभारः रिपोटर्स क्लब नेपाल)

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal