रसियामा छात्रवृत्तिमा पढ्ने अवसर पाउँदा पनि गाउँकै सेवा गर्न फर्किएका मेघी नेकपा एमालेको उप–महासचिवमा उठ्दै

२०७८ मंसिर १० गते, शुक्रबार

काठमाडौं । नेकपा एमालेको आजबाट चितवनमा सुरु भएको १० औं महाधिवेशनमा पार्टीका इमानदार र निष्ठावान नेता भनेर चिनिएका संखुवासभाका पुराना नेता परशुराम मेघी गुरुङले उम्मेदवारी दिने भएका छन् । सहमतिमा केन्द्रीय समिति निर्वाचित होस् भन्ने पक्षमा रहेका उनी निर्वाचनमा जानु त्यति उचित नभएको बताउँछन् ।
‘सकेसम्म सहमतिमा जाँदा पार्टीलाई फाइदा हुन्छ, सहमति नभए लोकतान्त्रिक प्रक्रियाको विकल्प छैन’ उनले भने ‘म पनि अब उप–महासचिव हुन योग्य भइसकेको छु र मेरो दाबी कसैलाई पनि अस्वभाविक लाग्दैन ।’ उनले पार्टीलाई जीवन्त र सशक्त बनाउन आफ्नो भूमिका रहने बताएका छन् । २०४८ र २०५६ सालमा संखुवासभाबाट प्रतिनिधिसभाको निर्वाचन जितेका उनी जनतामाझ पनि निकै लोकप्रिय छन् । उनलाई जान्नेबुझनेहरुले उनको इमानदारिताको र निष्ठाको राजनीतिको प्रशंसा नै गर्छन् । सरल स्वभावका उनी विभिन्न देश घुमेर त्यहाँको राजनीतिक र संसदीय अभ्यासबारे जानकार पनि छन् । उनी २०५६ सालमा संसदीय दलको सचेतक रहेका थिए । पार्टीको केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी पनि वहन गरिसकेका उनलाई पार्टीले जहिले जे जिम्मेवारी दियो त्यसलाई उदाहरणीय बनाउने गरी काम गरेका छन् । उनी स्नातकोत्तर हुन् ।
अहिले १ नम्बर प्रदेशबाट राष्ट्रियसभाको सांसद बनेका उनी विधायन व्यवस्थापन समितिको सभापति हुन् । उनको सभापतिको भूमिकाको पनि प्रशंसा गरिएको छ, अरु सभापतिले चलाएको समितिभन्दा उनी कुनै पनि कुरामा कम छैनन् । २०७१ सालमा भएको ९ औं महाधिवेशनमा सचिवमा थोरै मतले पराजित उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजयी भएपछि पोलिटव्यूरो सदस्य बनेका हुन् । धरानको हात्तिसार क्याम्पसमा आइटेक पढेपछि पूर्ण छात्रवृत्तिमा रसिया पढ्ने अवसर पाए पनि उनी गाउँ र जनताको सेवा गर्छु भनेर जिल्ला फर्किएका थिए । मेघी मेधावी विद्यार्थीका रुपमा चिनिन्थे । उनी पार्टीको संघीय मामिला विभाग प्रमुख हुन् । गुरुङ संसदीय मामिलाका जानकारका रुपमा पार्टीमा अग्रपंक्तिमा गनिन्छन् ।
पार्टीमा लागेर निरन्तर पार्टीको र जनताको सेवा गर्दै आएका उनले आफ्नो योजना अघि सारेका छन् । उनले आफ्नो त्याग, समर्पण र योगदानको अवश्य पनि मूल्यांकन होला भन्ने विश्वास लिएका छन् ।

98 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal