विमलेन्द्र निधीद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

२०७८ मंसिर ९ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै निधीले सभापतिका लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै उनले आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रविन्दुमा राखेर घोषणापत्र बनाएका छन् ।
आफू सभापति भए वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने काँग्रेस बनाउने निधिको मुख्य नारा छ ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal