देशभर थपिए ३०८ संक्रमित
२०७८ मंसिर ९ गते, बिहीबार
काठमाडौँ । आज देशभर ३०८ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ९ सय ९ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २८१ र एन्टीजेन्ट विधिबाट २७ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा २ सय ९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १ हजार ४ सय २० जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ३ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय १६ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ३ सय ४९ जना छन् ।
129 Views