सबैको नजर चितवन तिर
डिएनएफ संवाददाता
काठमाडौं । प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौं अधिबेशन भोलि चितवनमा हुँदैछ । महाधिवेशनलाई मध्यनजर गर्दै अहिले धमाधम काम शुरु भइरहेको छ भने नेताहरुको आवागमन, स्वागतद्वार र सेल्फी प्वाइन्ट निर्माणलाई दिइएको तीब्रताले चितवन पुरै एमालेमय बन्ने भएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आज त्यसतर्फ जाँदैछन् ।
महाधिवेशन मूल ब्यबस्थापन समितिका संयोजक रामबहादुर थापा बादल लगायतका एमाले नेताहरु चितवन पुगिसकेका छन् । एमालेको ऐतिहासिक अधिबेशनको उद्घाटन अध्यक्ष ओलीले शुक्रबार नारायणी नदि किनारमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पाँच लाख सहभागी हुने भनिएको उद्घाटन सत्रका लागि नेता कार्यकर्ताहरु आउने जाने क्रम सुरु भइरहेको छ । चितवनमा बढ्दो भीडभाडका कारण सुरक्षा ब्यबस्था कडा पारिएको छ ।
एमाले बिभाजन गरेर माधवकुमार नेपालले नेकपा (एस) गठन भएपछि हुन लागेको पहिलो महाधिवेशन भएका कारण पनि एमालेले यसलाई आफ्नो प्रतिष्ठाको बिषय बनाएको छ । एमालेको महाधिवेशन तयारी देखेर अहिले नेकपा माओवादी केन्द्रसमेत झस्किन पुगेको छ।
अध्यक्ष ओलीको सत्ता बहिर्गमनपछि चौतर्फी घेराबन्दीमा रहेको एमालेको यो महाधिवेशनलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चासोका साथ हेरिएको छ । एमाले महाधिवेशनमा यसपटक दुई हजार २७९ जना प्रतिनिधि सहभागी हुंने एमालेले जनाएको छ । यसअघि
१ हजार ९ सय ९९ सहभागी हुने बताईए पनि पार्टी सदस्य बढेसँगै प्रतिनिधि संख्या बढेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । उनले पदेन प्रतिनिधि २३८ र निर्वाचित प्रतिनिधि १,८७९ निर्वाचित भइसकेको जानकारी दिए। महोत्तरी, रौतहट र भुपू सैनिकबाट आउन बाँकी ६७ जना रहेको पनि उनले बताए।
महाधिवेशन प्रतिनिधिमा उत्पीडित दलित तर्फका १९५ र त्यसमा ६२ जना महिला रहेका छन्। अहिलेसम्म कुल महिला प्रतिनिधि ५७६ छन्। त्यसमा मनोनित र चयन हुन बाँकी ६७ जनाबाट पनि दलित र महिला सदस्य अझै थपिने बताइएको छ।
यसैबीच १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लगाइने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो । बिहान ९ देखि साँझ ५ः३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए ।
आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले गाडी रोकिने ठाउँ आसपासका बोर्डबाट समेत कार्यक्रम हेर्न पाउनेछन् । तामाङले भने, ‘यसले गर्दा कार्यक्रमस्थलको भीड कम हुन्छ ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सो दिन सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ ।
गाडी रोकिने नाकाहरुमा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा बनाइएको छ ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





