के स्वार्थले एमालेको केन्द्रीय सदस्य बन्न खोज्दैछन् तेह्रथुम जिविसका पूर्व सभापति दुलाल ?
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनले ५ वर्षका लागि नयाँ कार्यसमितिको चयन गर्नेछ । महाधिवेशन सुरु हुन लाग्दा पनि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि अध्यक्षको उम्मेदवार बन्ने जनाइसकेका छन् । केही दिनअघि मात्र उपाध्यक्ष भीमबहादुर रावलले पनि अध्यक्ष उठ्ने घोषणा गरेका छन् । एमालेले १५ पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय समिति चयन गर्ने छ । २०५४ को स्थानीय तहको निर्वाचनमा तेह्रथुमको जिल्ला विकास समितिको सभापति भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गरेका किशोरचन्द्र दुलालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले यसको लागि सबैसँग सल्लाहसमेत गरिसकेका छन् । साथीभाई र पार्टीको नेता कार्यकर्ताको सुझावअनुसार नै आफू उम्मेदवार बन्न लागेको उनको भनाई छ । २०३६ सालमा बहुदलको पक्षमा अभियान चलाएका उनले २०३७ सालमा तत्कालीन नेकपा मालेको पार्टी कार्यालय व्यवस्थित गर्ने काममा पनि सक्रियता देखाए । २०४१ सालमा मदन भण्डारीको उपस्थितिमा भूमिगत रुपले पार्टी विस्तार गर्ने क्रममा अग्रणी मोर्चामा देखिएका उनले झण्डै ५० वर्ष कम्युनिष्टकै राजनीतिमा समय बिताएका छन् । राजनीतिलाई समाजसेवाका रुपमा लिने गरेका उनले २०४६ सालको जनआन्दोलनमा पनि जिल्लाको नेतृत्व गरेका थिए ।
२०५१ देखि २०५४ सम्म जिल्लाको पार्टी प्रमुख भएर नेतृत्व लिए । बुटवलमा २०६५ सालमा भएको आठौं महाधिवेशनमा बाहेक २०४९ सालमा भएको पाँचौं महाधिवेशनबाट निरन्तर प्रतिनिधि बन्दै आएका उनले पार्टीको केन्द्रीय सदस्य भएपछि संगठन विस्तारसँगै जनतामा एमालेप्रतिको चेतना जगाउने स्पष्ट पारेका छन् । उनी २०७१ असार २९ देखि साउन १ सम्म भएको एमालेको महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए । कोशी अञ्चल कमिटीको सदस्य, पार्टी स्कुल विभागको सदस्यसमेत रहिसकेका उनी अहिले १ नम्बर प्रदेश कमिटी सदस्य हुन् ।
उनले एमाले जनताको पार्टी भएकाले पछिल्लो दिनमा पार्टीप्रति आकर्षण बढ््दै गरेको बताएका छन् । ‘म पार्टीको राजनीतिमा सधैं सक्रिय छु, राजनीतिलाई मैले गलत ढंगले प्रयोग गरेको छैन’ उनले भने ‘अब नयाँ जिम्मेवारी पाएँ भने मेरो भूमिका थप सशक्त हुन्छ र त्यसले एमालेलाई र जिल्लालाई समेत फाइदा पुग्छ ।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





