के स्वार्थले एमालेको केन्द्रीय सदस्य बन्न खोज्दैछन् तेह्रथुम जिविसका पूर्व सभापति दुलाल ?

२०७८ मंसिर ९ गते, बिहीबार

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनले ५ वर्षका लागि नयाँ कार्यसमितिको चयन गर्नेछ । महाधिवेशन सुरु हुन लाग्दा पनि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि अध्यक्षको उम्मेदवार बन्ने जनाइसकेका छन् । केही दिनअघि मात्र उपाध्यक्ष भीमबहादुर रावलले पनि अध्यक्ष उठ्ने घोषणा गरेका छन् । एमालेले १५ पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय समिति चयन गर्ने छ । २०५४ को स्थानीय तहको निर्वाचनमा तेह्रथुमको जिल्ला विकास समितिको सभापति भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गरेका किशोरचन्द्र दुलालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले यसको लागि सबैसँग सल्लाहसमेत गरिसकेका छन् । साथीभाई र पार्टीको नेता कार्यकर्ताको सुझावअनुसार नै आफू उम्मेदवार बन्न लागेको उनको भनाई छ । २०३६ सालमा बहुदलको पक्षमा अभियान चलाएका उनले २०३७ सालमा तत्कालीन नेकपा मालेको पार्टी कार्यालय व्यवस्थित गर्ने काममा पनि सक्रियता देखाए । २०४१ सालमा मदन भण्डारीको उपस्थितिमा भूमिगत रुपले पार्टी विस्तार गर्ने क्रममा अग्रणी मोर्चामा देखिएका उनले झण्डै ५० वर्ष कम्युनिष्टकै राजनीतिमा समय बिताएका छन् । राजनीतिलाई समाजसेवाका रुपमा लिने गरेका उनले २०४६ सालको जनआन्दोलनमा पनि जिल्लाको नेतृत्व गरेका थिए ।
२०५१ देखि २०५४ सम्म जिल्लाको पार्टी प्रमुख भएर नेतृत्व लिए । बुटवलमा २०६५ सालमा भएको आठौं महाधिवेशनमा बाहेक २०४९ सालमा भएको पाँचौं महाधिवेशनबाट निरन्तर प्रतिनिधि बन्दै आएका उनले पार्टीको केन्द्रीय सदस्य भएपछि संगठन विस्तारसँगै जनतामा एमालेप्रतिको चेतना जगाउने स्पष्ट पारेका छन् । उनी २०७१ असार २९ देखि साउन १ सम्म भएको एमालेको महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए । कोशी अञ्चल कमिटीको सदस्य, पार्टी स्कुल विभागको सदस्यसमेत रहिसकेका उनी अहिले १ नम्बर प्रदेश कमिटी सदस्य हुन् ।
उनले एमाले जनताको पार्टी भएकाले पछिल्लो दिनमा पार्टीप्रति आकर्षण बढ््दै गरेको बताएका छन् । ‘म पार्टीको राजनीतिमा सधैं सक्रिय छु, राजनीतिलाई मैले गलत ढंगले प्रयोग गरेको छैन’ उनले भने ‘अब नयाँ जिम्मेवारी पाएँ भने मेरो भूमिका थप सशक्त हुन्छ र त्यसले एमालेलाई र जिल्लालाई समेत फाइदा पुग्छ ।’

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal