कांग्रेसका पिछलग्गुले एमालेलाई धाक दिन सुहाउदैनः ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गर्नुभएको छ ।
युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपालले हिन्दी फिल्मका भिलेनको डाइलग बोलेको भन्दै कांग्रेसका पिछलग्गुले एमालेलाई धाक दिन नसुहाउने बताउनुभयो ।
ओलीले भन्न्नुभयो, ‘कतिले ठानेका छन् अदालतको फैसलाबाट जनताका पक्षधरलाई पराजित गरियो । अन्तिम विजय ठानेका छन् । केही व्यक्तिहरुले बोल्दै हिँडको सुन्नुभएको होला । विभिन्न कुराहरु बोल्दै हिँडेका छन् । एकजना सात वर्षजति अगाडि अध्यक्षको चुनावमा मसँगै पराजित भएको मान्छेले हिन्दी फिल्मको भिलेनको डाइलग बोलेछन् । के भनेछन् भने– जो हमसे टकराएगा ओ चुरचुर हो जायगा । सात वर्ष अगाडि हारेको मान्छे । त्यसबेलाको चुरचुर भएको थियो रु मलाई अचम्म लाग्यो । कसरी बोल्न सक्या होला ।’ कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन ओलीले चुनौति दिनुभयो ।