शंकर पोखरेललाई हराएका पूर्व सांसद भण्डारी किन पार्टीको महाधिवेशनमा मौन बसे ?

२०७८ मंसिर ८ गते, बुधबार

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट २०७० सालको संविधानसभाको निर्वाचनमा दाङ–४ बाट निर्वाचन जितेका पार्टीका महासमिति सदस्य बुद्धिराम भण्डारी यसपालिको महाधिवेशनमा उम्मेदवार नै नभएपछि सबै छक्क परेका छन् ।
शालीन र भद्र नेताका रुपमा पहिचान बनाएका उनले संविधानसभामा एमालेका नेता शंकर पोखरेललगायतलाई हराएका थिए । १३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका थिए उनी । १२औं महाधिवेशनमा पनि उनको लोकप्रिय मत नै थियो । उनले पार्टीभित्र चरम गुटबन्दी फस्टाउँदै गएकाले आफू कुनै पदमा उम्मेदवारी नभएको स्पष्ट पारेका छन् । ‘मलाई यसपालि उम्मेदवार बन्न मन लागेन, राजनीति नै अलिक बुझ्न गाह्रो भयो’ उनले भने ‘म पार्टीमा छँदैछु, कुनै पद नलिए पनि पार्टी र जनताको सेवा गर्न पाइहाल्छु त्यसै गर्छु अब ।’
२०४६ सालमा नेपाली काँग्रेसको ९ औं महाधिवेशनयता सबै महाधिवेशनमा भाग लिँदै आएका भण्डारीले यो महाधिवेशनमा कुनै पदमा नउठ्ने घोषणा गरेपछि उनका समर्थक र शुभचिन्तक आश्चर्यमा परेका छन् । जिल्लाको अधिवेशन ११ गते हुँदैछ । उनले पार्टीको महाधिवेशनमा भाग लिँदै गर्दा आफ्नै साथीलाई पनि दुश्मनजस्तो ठान्नुपर्ने अवस्था आएकोमा दुःख व्यक्त गरे । ‘पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा हुनु स्वाभाविकै हो तर प्रतिष्पर्धा स्वस्थ्य हुनुपर्छ मेरो मान्यता हो ’ उनले भने ‘ हामी विभिन्न तहको निर्वाचनको संघारमा छौं, आफैंभित्र द्धन्द्ध भयो भने त्यो निर्वाचनलाई असर पर्ने भएकाले मैले सहमतिमा जाउँ भनेर जोड दिएको हुँ ।’ उनले धेरै समयअघिदेखि सहमतिको कुरा उठाए पनि जिल्ला तहका, क्षेत्रिय तहका साथै केन्द्रीय नेताहरुले नमानेको समेत जनाएका छन् ।
कार्यकर्तालाई बन्धक गराई होटलमा राखेर आर्थिक प्रलोभनमा पारेर चुनाव जितेर टोल,गाउँ सहरमा नारा जुलुस लगाउँदै अविर जात्रा गर्नु गलत भएको उनले बताए । हार्ने पक्षले नेताहरुलाई धाकधम्की दिने गरेको र पार्टीमा सुकिलामुकिला हावी भएको देखेर आफ्नो मन खिन्न भएको उनले बताए । उनले कांग्रेसलाई जगैबाट सुधार्नुपर्ने खाँचो रहेको बताए ।
२०१५ सालको संसदीय निर्वाचनमा काँग्रेसको नारा चारतारे झण्डा, चुनाव चिन्ह रुख देख्दा आफू काँग्रेस पार्टी प्रति आकर्षित भएको भनाई छ । नेता भण्डारी २०१७ सालदेखि विभिन्न लोकतान्त्रिक आन्दोलनका क्रममा जेलसमेत परेका पुराना र निष्ठावान नेता हुन् ।

112 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal