शंकर पोखरेललाई हराएका पूर्व सांसद भण्डारी किन पार्टीको महाधिवेशनमा मौन बसे ?
काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट २०७० सालको संविधानसभाको निर्वाचनमा दाङ–४ बाट निर्वाचन जितेका पार्टीका महासमिति सदस्य बुद्धिराम भण्डारी यसपालिको महाधिवेशनमा उम्मेदवार नै नभएपछि सबै छक्क परेका छन् ।
शालीन र भद्र नेताका रुपमा पहिचान बनाएका उनले संविधानसभामा एमालेका नेता शंकर पोखरेललगायतलाई हराएका थिए । १३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका थिए उनी । १२औं महाधिवेशनमा पनि उनको लोकप्रिय मत नै थियो । उनले पार्टीभित्र चरम गुटबन्दी फस्टाउँदै गएकाले आफू कुनै पदमा उम्मेदवारी नभएको स्पष्ट पारेका छन् । ‘मलाई यसपालि उम्मेदवार बन्न मन लागेन, राजनीति नै अलिक बुझ्न गाह्रो भयो’ उनले भने ‘म पार्टीमा छँदैछु, कुनै पद नलिए पनि पार्टी र जनताको सेवा गर्न पाइहाल्छु त्यसै गर्छु अब ।’
२०४६ सालमा नेपाली काँग्रेसको ९ औं महाधिवेशनयता सबै महाधिवेशनमा भाग लिँदै आएका भण्डारीले यो महाधिवेशनमा कुनै पदमा नउठ्ने घोषणा गरेपछि उनका समर्थक र शुभचिन्तक आश्चर्यमा परेका छन् । जिल्लाको अधिवेशन ११ गते हुँदैछ । उनले पार्टीको महाधिवेशनमा भाग लिँदै गर्दा आफ्नै साथीलाई पनि दुश्मनजस्तो ठान्नुपर्ने अवस्था आएकोमा दुःख व्यक्त गरे । ‘पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा हुनु स्वाभाविकै हो तर प्रतिष्पर्धा स्वस्थ्य हुनुपर्छ मेरो मान्यता हो ’ उनले भने ‘ हामी विभिन्न तहको निर्वाचनको संघारमा छौं, आफैंभित्र द्धन्द्ध भयो भने त्यो निर्वाचनलाई असर पर्ने भएकाले मैले सहमतिमा जाउँ भनेर जोड दिएको हुँ ।’ उनले धेरै समयअघिदेखि सहमतिको कुरा उठाए पनि जिल्ला तहका, क्षेत्रिय तहका साथै केन्द्रीय नेताहरुले नमानेको समेत जनाएका छन् ।
कार्यकर्तालाई बन्धक गराई होटलमा राखेर आर्थिक प्रलोभनमा पारेर चुनाव जितेर टोल,गाउँ सहरमा नारा जुलुस लगाउँदै अविर जात्रा गर्नु गलत भएको उनले बताए । हार्ने पक्षले नेताहरुलाई धाकधम्की दिने गरेको र पार्टीमा सुकिलामुकिला हावी भएको देखेर आफ्नो मन खिन्न भएको उनले बताए । उनले कांग्रेसलाई जगैबाट सुधार्नुपर्ने खाँचो रहेको बताए ।
२०१५ सालको संसदीय निर्वाचनमा काँग्रेसको नारा चारतारे झण्डा, चुनाव चिन्ह रुख देख्दा आफू काँग्रेस पार्टी प्रति आकर्षित भएको भनाई छ । नेता भण्डारी २०१७ सालदेखि विभिन्न लोकतान्त्रिक आन्दोलनका क्रममा जेलसमेत परेका पुराना र निष्ठावान नेता हुन् ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





