एमाले महाधिवेशनः रावल पछि भुसालले पनि उम्मेदवारी दिने घोषणा !
काठमाडौं । हिजो आइतबारमात्र एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।
भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।
उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा हिजो मात्र गरेका थिए ।
विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्न सुझाव आइरहेको छ । सोही सुझावअनुसार उम्मेदवारी दिने लगभग निश्चित छ’ भुसालनिकट एक नेताले, ‘तर कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित भैसकेको छैन । सम्भवत मंगलबारसम्म टुंगो लाग्नेछ ।’