स्टार ईन्टरनेशनल अवार्ड गायिका प्रशन्ना पाण्डेले हात पारिन

२०७८ कार्तिक २६ गते, शुक्रबार

काठमाडौं । सर्वोत्कृष्ट गायिकाको अवार्ड प्रशन्ना पाण्डेले हात परिन् । स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न भएको छ । रक्षा मन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार, सौन्दर्यविद, खेलाडी, समाजसेवी लगायत करीब २ दर्जन सर्जक स्रष्टाहरु सम्मानित भएका थिए । यस अघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढि कलाकर्मीहरुलाई दोहा लगेर सम्मान गरेको थियो ।
दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित उक्त अवार्ड कार्यक्रममा नेपालका सदावहार नायक भुवन केसी,चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नायक रमेश उप्रेती, नायिका रेजिना उप्रेती, गायिका सिन्धु मल्ल, कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्राकार,वरिष्ठ गायक सिताराम पोखरेल,वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ कलाकार मोहन निरौला,निर्देशक दिपक आचार्य ‘काकू’लगायतको विशेष उपस्थिती रहेको थियो ।

यस वर्षको सर्वोत्कृष्ट गायिका स्टार ईन्टरनेशनल अवार्ड गायिका प्रशन्ना पाण्डेलाई ट्रोफ़ी मेडल र प्रमाण पत्र हस्तान्तरण गरेको छ । हरेक गीतलाई गाउन सकने गायिकाको रूपमा परीचित उनि महोत्सव र देश बिदेशका प्रोग्रम्मा पहिलो रोजाई बन्न पुगेकी उनी नेपाली कला र भाषालाई धेरै माया गर्छिन् । गायिका प्रशन्ना पाण्डे समाज सेवामा पनि उतिकै सकृय छिन् ।
विदेशमा आयोजना हुदै आएको उक्त अवार्ड कोरोना महामारीका कारण यो वर्ष स्वदेशमै भएको जानकारी आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिए । हांस्य कलाकार गोपाल ढकाल छन्देले अवार्ड कार्यक्रम संचालन गरेका थिए ।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal