पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबार
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले ६ दिने देशव्यापी आन्दोलनको घोषणा गरेको छ । जस अन्तर्गत ३० गते नेपाल बन्दको घोषणा गरिएको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।
घोषित कार्यक्रम अनुसार २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने र ३० गते नेपाल बन्द घोषणा गरिएको हो ।
113 Views