लायन्स क्लब अफ काठमाडौ नयाँ बजारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
२०७८ कार्तिक २८ गते, आईतवार
काठमाडौं । लायन्स क्लब अफ काठमाडौ नयाँबजारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयकोछ। हिजो शनिबार बिहान ११ बजेदेखि सोर्हखुट्टे चोकमा सुरु भएको रक्तदान कार्यक्रम मा ७० जना रक्तदाताले रक्तदान गर्नु भएको क्लबका अध्यक्ष गणेश जिसिले बताउनु भयो ।
लायन्स क्लब अन्तरास्ट्रिय district ३२५ बि १ का distrist गभर्नर लायन बिशेस्वर आचार्यको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा चाडबाडले गर्दा धेरै समय रक्तदान नभएको अवस्थामा यसरी रक्तदान कार्यक्रम राखेकोमा गभर्नरले क्लब परिवारलाई धन्यवाद दिनु भयो । कान्तिपुर हस्पिटलको प्राबिधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम महिला ९ जना र पुरुष ६१ जनाले रक्तदान गरेका थिए ।
112 Views