माइतीघरमा शुक्रबार मोर्चाले आन्दोलन चर्काउने
काठमाडौं । काठमाडौंको माइतीघरमा भोलि शुक्रबार संयुक्त राष्ट्रिय जन आन्दोलन मोर्चाले वृहत प्रदर्शन गर्ने भएको छ । मोर्चाले आफ्ना मागलाई जनतामाझ पुर्याउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले बताए ।
लुइटेलले मोर्चाले जनताको पक्षमा सधैं आवाज उठाइरहेकोले सबैको समर्थन पाउने विश्वास व्यक्त गरेका छन् । ‘देश संकटमा परेको बेला कोही न कोहीले नेतृत्व लिनुपर्छ भनेर म अघि बढेको हुँ’ उनले भने ‘हामीले उठाएका माग देश र जनताको पक्षमा छ, जसले बुझेको छ उसको राम्रो समर्थन पाउँछौं ।’ गत भदौमा स्थापना गरिएको मोर्चाले पटक पटक विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ‘यो देशलाई यत्तिकै छोडिदिने हो भनें देश बर्बाद हुन्छ त्यसैले पनि देश बचाउने कार्यक्रम हो यो’ लुइटेलले भने ‘मोर्चामा विभिन्न संघसंस्था र समूहको संलग्नता रहेको छ, सुरुका दिनमा जुन लक्ष्य लिएका थियौं हामी क्रमशः अघि बढिरहेका छौं ।’
मोर्चाले आगामी दिनमा प्रदेश र जिल्ला समिति पनि गठन गर्ने जनाएको छ । मोर्चाले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य र अखण्ड नेपाललाई प्रमुख एजेण्डा बनाएको छ । लुइटेलले दलहरु देश र जनताको हितमा केन्द्रित हुन नसकेकाले राष्ट्रियताको रक्षाको लागि आफूहरु एकजुट हुनुपरेको जनाएका छन् । मोर्चाले महँगी, भ्रष्टाचार, बेथितिको बारेमा पनि आवाज उठाउँदै आएको छ । महँगीले जनता आक्रान्त भइरहेको बेला सरकारले अनुगमन गर्नुको सट्टा कालाबजारी गर्नेलाई प्रोत्साहन गरेको लुइटेलको आरोप छ । ‘अब राजनीतिभन्दा माथि उठेर सबै एकजुट भएनौं भने देश बचाउन सकिँदैन’ उनले भने ‘ देशको रक्षाको लागि सबैले व्यक्तिगत र पार्टीगत भावना छोडेर राष्ट्रिय आन्दोलनमा सहभागिता जनाउनुको विकल्प छैन ।’
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





