माइतीघरमा शुक्रबार मोर्चाले आन्दोलन चर्काउने

२०७८ कार्तिक २५ गते, बिहीबार

काठमाडौं । काठमाडौंको माइतीघरमा भोलि शुक्रबार संयुक्त राष्ट्रिय जन आन्दोलन मोर्चाले वृहत प्रदर्शन गर्ने भएको छ । मोर्चाले आफ्ना मागलाई जनतामाझ पुर्याउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले बताए ।
लुइटेलले मोर्चाले जनताको पक्षमा सधैं आवाज उठाइरहेकोले सबैको समर्थन पाउने विश्वास व्यक्त गरेका छन् । ‘देश संकटमा परेको बेला कोही न कोहीले नेतृत्व लिनुपर्छ भनेर म अघि बढेको हुँ’ उनले भने ‘हामीले उठाएका माग देश र जनताको पक्षमा छ, जसले बुझेको छ उसको राम्रो समर्थन पाउँछौं ।’ गत भदौमा स्थापना गरिएको मोर्चाले पटक पटक विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ‘यो देशलाई यत्तिकै छोडिदिने हो भनें देश बर्बाद हुन्छ त्यसैले पनि देश बचाउने कार्यक्रम हो यो’ लुइटेलले भने ‘मोर्चामा विभिन्न संघसंस्था र समूहको संलग्नता रहेको छ, सुरुका दिनमा जुन लक्ष्य लिएका थियौं हामी क्रमशः अघि बढिरहेका छौं ।’
मोर्चाले आगामी दिनमा प्रदेश र जिल्ला समिति पनि गठन गर्ने जनाएको छ । मोर्चाले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य र अखण्ड नेपाललाई प्रमुख एजेण्डा बनाएको छ । लुइटेलले दलहरु देश र जनताको हितमा केन्द्रित हुन नसकेकाले राष्ट्रियताको रक्षाको लागि आफूहरु एकजुट हुनुपरेको जनाएका छन् । मोर्चाले महँगी, भ्रष्टाचार, बेथितिको बारेमा पनि आवाज उठाउँदै आएको छ । महँगीले जनता आक्रान्त भइरहेको बेला सरकारले अनुगमन गर्नुको सट्टा कालाबजारी गर्नेलाई प्रोत्साहन गरेको लुइटेलको आरोप छ । ‘अब राजनीतिभन्दा माथि उठेर सबै एकजुट भएनौं भने देश बचाउन सकिँदैन’ उनले भने ‘ देशको रक्षाको लागि सबैले व्यक्तिगत र पार्टीगत भावना छोडेर राष्ट्रिय आन्दोलनमा सहभागिता जनाउनुको विकल्प छैन ।’

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal