अब फेसबुकको नयाँ नाम ‘मेटा’
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक अब मेटा हुने भएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्गले अब फेसबुकको नाम परिवर्तन भएर मेटा रहने घोषणा गरेका छन्। शुक्रबार भएको एउटा बैठकमा जुकरबर्गले अब फेसबुक नभई मेटा रहने घोषणा गरेका हुन्।
लामो समयदेखि फेसबुकको नाम परिवर्तन हुने चर्चा चलेको थियो। सोहीअनुसार अब फेसबुकको नाम परिवर्तन हुनेछ। जसअनुसार अब फेसबुक नभई नयाँ नाम मेटाको रुपमा सञ्चालनमा आउने छ। जुकरबर्ग फेसबुकलाई सामाजिक सञ्जालको रुपमा मात्रै सीमित गर्ने पक्षमा छैनन्। उनी मेटाभर्स बनाउने कार्यमा धेरै अघिदेखि लागिपरेका थिए। भर्चुअल माध्यमको मेटाभर्समा फरक फरक विशेषताहरु छन्। जुकरबर्गले गोपनियता र सुरक्षालाई मेटाभर्समा निर्माण गर्नुपर्ने बताए।
‘हामी एक कम्पनी हौं, जसले एकापसमा जेडिने प्रविधि निर्माण गर्दछ। सँगै, हामी अन्ततः मानिसहरूलाई हाम्रो प्रविधिको केन्द्रमा राख्न सक्छौं’, मार्क जुकरबर्गले भनेका छन्। (एजेन्सी)