प्रधानमन्त्री देउवा आज बेलायत प्रस्थान गर्दै
२०७८ कार्तिक १२ गते, शुक्रबार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गर्दैछन् । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो ।
प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान १० बजे कतार एयरको उडानबाट लन्डन जान लागेको परराष्ट्र मन्त्रालयले दिएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।
133 Views