कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय
२०७८ कार्तिक १२ गते, शुक्रबार
कामठाडौँ । नेपाली कांग्रेस १४औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुने भएको छ। निर्वाचन समितिले बुधबार गरेको निर्णयलाई परिमार्जन गर्दै महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय गरेको हो।
महादेव यादव नेतृत्वको निर्वाचन समितिले सबै तहका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिका अनुसार बाँकी रहेका वडा अधिवेशन कात्तिक २७ गते, पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते गर्ने निर्णय गरेको छ।
126 Views