लेबनानमा विद्युत सेवा ठप्प

२०७८ आश्विन २४ गते, आईतवार

एजेन्सी । लेबनानमा विद्युत आपूर्ति ठप्प भएको छ । गम्भीर आर्थिक संकट झेलिरहेको लेबनानमा विद्युत आपूर्ति बन्द हुँदा अन्धकार भएको छ ।
इन्धन अभावका कारण देशका दुई ठूला उर्जा केन्द्रहरु बन्द भएको सरकारी अधिकारीले समाचार संस्था रोयटर्ससँग बताएका छन् । डेइर अमार र जाहरानी उर्जा केन्द्र बन्द हुँदा विद्युत सेवा रोकिएको हो ।
शनिबार दिउँसोदेखि उर्जा केन्द्रहरु बन्द भएका हुन् । अझै केही दिन ती केन्द्रहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको सरकारी अधिकारीले बताएका छन् ।
पछिल्लो १८ महिनादेखि लेबनानमा गम्भीर आर्थिक संकट छ । यस्तै इन्धनको अभाव पनि गम्भीर बनेको छ ।
आर्थिक संकटले लेबनानका आधा मानिस गरिबीमा धकेलिएका छन् । लेबनानको मुद्राको मूल्य शुन्य प्राय भएको छ ।
आर्थिक संकटका कारण देशमा राजनीतिज्ञविरुद्ध ठूला प्रदर्शनहरु पनि भएका छन् । विदेशी मुद्रा नहुँदा इन्धन आपूर्ति गर्ने विदेशी फर्मलाई पैसा तिर्न सरकार असफल भएको छ ।
इन्धनको अभावका कारण डिजलका कारण चल्ने निजी जेनेरेटर पनि सञ्चालन हुन सकेका छैनन्।

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal