जसपा प्रदेश २ का अध्यक्षले दिए राजीनामा

२०७८ आश्विन २४ गते, आईतवार

काठमाडौं । प्रदेश २ का जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेश २ का कृषिमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन् । जसपामा व्यक्ति एक पदको अवधारणा लागु गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
प्रदेश २ का प्रदेश सांसद रामअशिष यादवले एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत उनले अध्यक्षबाट राजीनामा दिएको बताए । यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो । अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका विजय यादवलाई पार्टीबाट नै प्रदेश २ को अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएको थियो ।
यादवले राजीनामा दिएपछि प्रदेश २ का पार्टी अध्यक्ष को हुने विषयमा जनकपुरमा पार्टीभित्र छलफल चलिरहेको छ । अब प्रदेश २ को अध्यक्ष जनकपुर उपमहानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य लालकिशोर साहलाई बनाउने सम्भावना रहेको बताइएको छ ।

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal