तिमिल्सिना र थापाको अध्यक्षतामा माओवादीको धादिङ– काठमाडौं सम्पर्क समन्वय समिति गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को धादिङ– काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत नीलकण्ठ नगरपालिका १० र ११ को दोस्रो भेला काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंको गार्डन होटेलमा शनिबार भएको भेलाले साबिकको ज्यामरुङ गाविस र अहिले नीलकण्ठ नगरपालिकाको १० र वडा नम्बर ११ को काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो भेलाले पार्टीको संगठनको जिम्मेवारी तथा पदाधिकारी चयन पनि गरेको छ । भेलाले वार्ड नम्बर १० मा शिब तिमल्सिनाको अध्यक्षतामा र वार्ड नम्बर ११ मा भाइराम थापाको अध्यक्षतामा ३÷३ सदस्य पछि थप्ने गरी २५÷२५ सदस्य कार्यसमिति चयन गरेको छ । त्यस्तै दुबै भेलाले वार्डमा सल्लाहाकार समिति समेत चयन गरेको छ । कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले चुनाव आउन लागेकाले पार्टीको संगठन विस्तार र निमार्णमा जोड दिनुपर्ने बताए । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद पुष्पविक्रम मल्लले अबको राजनीतिको मियो युवा भएकाले सकारात्मक सोचका साथ युवालाई राजनीतिमा लाग्न आग्रह गरे । सशक्त राजनीतिका लागि समयसापेक्ष काम गरी समाजलाई एकीकृत बनाई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
नेपालको राजनीतिप्रति अन्तर्राष्ट्रिय शक्तिको चासो बढेकाले राजनीतिक ध्रुवीकरण भन्दा पनि राष्ट्रियताको सवालमा गम्भीर बन्नु पर्नेमा नेता मल्लले जोड दिए । नेकपा ९माओवादी केन्द्र० की नेत्री तथा पूर्वमन्त्री कल्पना धमलाले गणतान्त्रिक व्यवस्था र संविधानको रक्षाका लागि समाजवादी क्रान्ति आजको आवश्यकता भएको बताइन् । उनले देशको मूल राजनीति माओवादी केन्द्रको हातमा रहेकाले यसलाई अगाडि बढाउन जनताको विश्वास जितेर काम गर्नुपर्ने बताइन् । नेकपा माओवादी केन्द्र नेता, पर्यटन व्यवसायी, जिल्ला विशेष उद्योग व्यवसायी संगठनका अध्यक्ष कमल सापकोटाले धादिङ नीलकण्ठ १० र ११ को दोस्रो भेलाले पार्टीको संगठन विस्तारलाई जोड दिएको बताए । उनले पार्टीको मूल जरो युवापुस्ता भएकाले सचेत, जुझारु र सक्रिय राजनीति गर्न सम्पूर्ण युवाहरुलाई आग्रह गरे । कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० की नेत्री तथा नेपाल पर्यटन वोर्डका सदस्य पम्फा धमला, जिल्ला सदस्य सरला धमला, जिल्ला सदस्य चन्द्रबहादुर लम्साल, नीलकण्ठ ११ का वडाअध्यक्ष तिलक बहादुर थापा मगर, नीलकण्ठ ११ का पार्टी अध्यक्ष शिवकुमार श्रेष्ठ, गुठी संघर्ष समितिका संयोजक इश्वरी बहादुर लम्साल लगागतका नेताहरुले पार्टीको अबको योजना र जिल्लामा गर्नुपर्ने कामका बारेमा बोलेका थिए ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





