तिमिल्सिना र थापाको अध्यक्षतामा माओवादीको धादिङ– काठमाडौं सम्पर्क समन्वय समिति गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को धादिङ– काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत नीलकण्ठ नगरपालिका १० र ११ को दोस्रो भेला काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंको गार्डन होटेलमा शनिबार भएको भेलाले साबिकको ज्यामरुङ गाविस र अहिले नीलकण्ठ नगरपालिकाको १० र वडा नम्बर ११ को काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो भेलाले पार्टीको संगठनको जिम्मेवारी तथा पदाधिकारी चयन पनि गरेको छ । भेलाले वार्ड नम्बर १० मा शिब तिमल्सिनाको अध्यक्षतामा र वार्ड नम्बर ११ मा भाइराम थापाको अध्यक्षतामा ३÷३ सदस्य पछि थप्ने गरी २५÷२५ सदस्य कार्यसमिति चयन गरेको छ । त्यस्तै दुबै भेलाले वार्डमा सल्लाहाकार समिति समेत चयन गरेको छ । कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले चुनाव आउन लागेकाले पार्टीको संगठन विस्तार र निमार्णमा जोड दिनुपर्ने बताए । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद पुष्पविक्रम मल्लले अबको राजनीतिको मियो युवा भएकाले सकारात्मक सोचका साथ युवालाई राजनीतिमा लाग्न आग्रह गरे । सशक्त राजनीतिका लागि समयसापेक्ष काम गरी समाजलाई एकीकृत बनाई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
नेपालको राजनीतिप्रति अन्तर्राष्ट्रिय शक्तिको चासो बढेकाले राजनीतिक ध्रुवीकरण भन्दा पनि राष्ट्रियताको सवालमा गम्भीर बन्नु पर्नेमा नेता मल्लले जोड दिए । नेकपा ९माओवादी केन्द्र० की नेत्री तथा पूर्वमन्त्री कल्पना धमलाले गणतान्त्रिक व्यवस्था र संविधानको रक्षाका लागि समाजवादी क्रान्ति आजको आवश्यकता भएको बताइन् । उनले देशको मूल राजनीति माओवादी केन्द्रको हातमा रहेकाले यसलाई अगाडि बढाउन जनताको विश्वास जितेर काम गर्नुपर्ने बताइन् । नेकपा माओवादी केन्द्र नेता, पर्यटन व्यवसायी, जिल्ला विशेष उद्योग व्यवसायी संगठनका अध्यक्ष कमल सापकोटाले धादिङ नीलकण्ठ १० र ११ को दोस्रो भेलाले पार्टीको संगठन विस्तारलाई जोड दिएको बताए । उनले पार्टीको मूल जरो युवापुस्ता भएकाले सचेत, जुझारु र सक्रिय राजनीति गर्न सम्पूर्ण युवाहरुलाई आग्रह गरे । कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० की नेत्री तथा नेपाल पर्यटन वोर्डका सदस्य पम्फा धमला, जिल्ला सदस्य सरला धमला, जिल्ला सदस्य चन्द्रबहादुर लम्साल, नीलकण्ठ ११ का वडाअध्यक्ष तिलक बहादुर थापा मगर, नीलकण्ठ ११ का पार्टी अध्यक्ष शिवकुमार श्रेष्ठ, गुठी संघर्ष समितिका संयोजक इश्वरी बहादुर लम्साल लगागतका नेताहरुले पार्टीको अबको योजना र जिल्लामा गर्नुपर्ने कामका बारेमा बोलेका थिए ।
ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
२०८१ चैत्र ३० गते, शनिबार
फेवा महोत्सव आजदेखि
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान
२०८१ चैत्र ३० गते, शनिबार
गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो
२०८१ चैत्र ३० गते, शनिबार
टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक
२०८१ चैत्र ३० गते, शनिबार
रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत
२०८१ चैत्र २९ गते, शुक्रबार
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
२०८१ चैत्र २९ गते, शुक्रबार
असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु
२०८१ चैत्र २९ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार