६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नेपाल टेलिकमले सित्तैमा सिम कार्ड दिने
२०७८ आश्विन १४ गते, बिहीबार
काठमाण्डौ । भोलि शुक्रवारदेखि आउँदो २५ गतेसम्म ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिम कार्ड दिने भएको छ ।
संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप निःशुल्क सिम प्रदान गर्ने भएको हो ।
सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरूलाई निःशुल्क रूपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।
189 Views