अब कृषि क्रान्ति गर्न ढिला नगरौं– दाहाल

२०७८ आश्विन १७ गते, आईतवार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य ज्ञानेश्वर दाहालले अब सबै नेपाली जनता र कृषि उद्योगीहरु कृषि क्रान्तिमा लाग्नुपर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दाहालले कृषि क्रान्तिमार्फत नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताएका हुन् । यसको लागि अब ढिलो नगरी कृषि क्रान्ति गरिनुपर्ने उनको भनाई छ ।
दाहालले कृषि क्रान्तिपछि कुनै किसानले माइतीघर मण्डलामा ज्यान गुमाउन नपर्ने पनि जिकिर गरे । उनले किसानहरुमाथि दलाल गर्नेहरुको आफुहरुले अन्त्य गर्ने पनि बताए । उनले भने,‘कृषिमा आवद्ध भएका किसानहरु, कृिष विज्ञहरु, कृषि प्राविधिकहरु, एनजिओ दाताहरु, सबै नेपाली जनताहरु, उद्योग व्यवसायीहरु नेपाल कम्युनिष्ट पार्टीको दुप्चेस्वर कोल्डस्टोरको नेपाल कृषि क्रान्ति उद्योगमा समावेश हुनुहोस् ।’ उनले नेपाल आँफै स्वावलम्बन बन्न र परनिर्भरताबाट मुक्त हुनको लागि कृषि पेशाभन्दा अर्को दोस्रो विकल्प नरहेको स्पष्ट पारे ।
‘जसरी जनयुद्ध लडेका थियौं, त्यसरी नै कृषिमा नेपालीलाई आत्मनिर्भर बनाउन क्रान्ति गर्नुपर्ने’ उनको भनाई थियो । नेपालमा स्वालम्बी बनाउनको लागि कृषि क्रान्तिमात्र एक विकल्प रहेको उनले बताए । उनले युवाहरुलाई विदेश जानबाट रोक्नुपनि आजको आवश्यकत्ता भएको सुनाए ।
उनले आगामी पाँच वर्षभित्र नेपाललाई कृषिबाट स्वाबलम्बन बनाउन समेत सरकारसँग आग्रह गरे । उनले कृषि क्रान्तिमा सबै नेपालीहरु सहभागी भएर साथ दिन समेत अनुरोध गरे । उनले भने,‘कृषि क्रान्तिको लागि तपाईसँग जे छ त्यो लिएर आइदिनुहोस् ।’
उनले विश्वसामु नेपाललाई कृषि राष्ट्रको रुपमा चिनाउनु पर्नेमा जोड दिए । उनले पछिल्लो समयमा कम्युनिष्ट नेताहरुको भनाई एउटा र गराई अर्को भएको पनि गुनासो पोखे । उनले आफूले झापाका रामनाथ दाहाल र पोखराको पुष्पकमल दाहालसँगको संगत गरेको र उनीहरुको क्रान्तिले देशमा ठुलो विचलन ल्याएको समेत टिप्पणी गरे ।

281 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal