सरकारले संविधान मिच्दा पनि मिडिया मौनः अध्यक्ष ओली

२०७८ आश्विन १२ गते, मंगलवार

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया मौन रहेको बताउनुभएको छ ।
आफू प्रधानमन्त्री हुँदा मिडियाले आलोचना गरेका कारण गल्ती कम भएको उहाँले बताउनुभयो । नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ ।’
ओलीले अहिलेको सरकारका कारण लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको बताउनुभयो ।
आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले मिडियाले प्रतिगमन शब्दको दुरुपयोग भएको बताउनुभयो ।प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेश जाने कुरा कसरी प्रतिगमन भयो उहाँको प्रश्‍न थियो ।
वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै त्यसले संविधानको उल्लङ्घन गर्नुका साथै लोकतन्त्रको ‘नर्म्स’ हरू भत्काएको ओलीले बताउनुभयो ।

224 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal