आइएमईले पुरस्कतृ गर्यो डबलको डबलको डबल अफरका साप्ताहिक विजेता घोषणा

२०७८ आश्विन १२ गते, मंगलवार

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता घोषणा गरेको छ । कम्पनीको अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् ।
उनीहरूले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ र ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले उनीहका आफन्तलाई क्रमशः ८३ हजार १४ र ९६ हजार ४० रुपैयाँ उपहार स्वरूप प्रदान गर्ने बताइएको छ ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि सञ्चालनमा रहिआएको छ । अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल ९चौगुणा० तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा दुई सय रुपैयाँ थप बोनसको व्यवस्था मिलाएको छ ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुने छैन ।
सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal