आगामी निर्वाचन जित्न १४ औं महाधिवेशनको भूमिका महत्वपूर्ण
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा तिनै तहमा नेपाली कांग्रेसलाई विजयी बनाउन १४ औं महाधिवेशनको ठूलो भूमिका रहने बताउनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ४ र ५ को १४ औं वडा अधिवेशनको उद्घाटन मन्तव्य दिंदै सह–महामन्त्री डा. महतले सो कुरा बताउनुभएको हो ।
अलग अलग आयोजित दुवै वडा अधिवेशनमा प्रमुख अतिथि रहनुभएका सह–महामन्त्री डा. महतले नेपाली कांग्रेसको हालको लक्ष्य आगामी आम निर्वाचन जित्ने रहेकोले त्यस अनुरुपको संगठन निर्माणमा क्रियाशील सदस्यको ठूलो भूमिका रहने उल्लेख गर्नुभयो ।
सह–महामन्त्री डा। महतले साधारण सदस्य र क्रियाशील सदस्यबीचको अन्तर बताउदै भन्नुभयो, “जो जो नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा विश्वास गर्नुहुन्छ , उहाँहरु साधारण सदस्य बन्न पाउनुहुन्छ तर क्रियाशील सदस्य हुन पार्टीमा निरन्तर क्रियाशील हुनुपर्दछ । ”
उहाँले पार्टीको संगठनमा केही समय दिन सक्ने, संगठन विस्तार गर्न र आम जनतालाई आकर्षित गर्न सक्ने विश्वासले सक्रिय सदस्य बन्नु भएका पार्टी कार्यकर्ताहरुलाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गर्दै पार्टीलाई जनतासंग जोड्ने प्रयास गर्नुहुन पनि आग्रह गर्नुभयो ।
पार्टीका क्रियाशील सदस्यलाई पार्टीको वडा अधिवेशनमा मतदाता बन्ने, कार्यसमिति, क्षेत्रीय समितिमा उम्मेद्वार बनेर निर्वाचित हुने अधिकार भएको बताउदै सह–महामन्त्री डा।महतले क्रियाशील सदस्यहरुले पार्टीको संगठन निर्माण गर्न र जनताको बीचमा लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सह–महामन्त्री डा। महतले चुनाव जितेमा तीनै तहमा सरकारमा गएर जनताको सेवा गर्ने,राष्ट्रिय र स्थानीय तहसम्मको नीति निर्माण गर्ने अवसर प्राप्त हुने भएको त्यसको लागि संगठन बलियो बनाउन र संगठनका माध्यमबाट नागरिकसंगको सुसम्बन्ध कायम गर्न पनि आग्रह गर्नुभयो ।
यस पटकको महाधिवेशन ब्यापक सहभागितामूलक र पारदर्शी ढंगलमा भैरहेको बताउदै सहमहामन्त्री डा। महतले पहिले ४ लाख सदस्य भएकोमा अहिले ८ लाख सदस्य पुगेको, सदस्य र क्रियाशील सदस्यता विधिसम्मत र विवेकपूर्ण ढंगले वितरण गरिएको, गुनासो र उजुरी सुन्ने छानवीन गर्ने प्रावधान राखिएकोले समय लागेको तर सौहाद्र्र र सहभागितामूलक रुपमा भैरहेको बताउनुभयो ।
उहाँले महाधिवेशन संविधानको मर्म अनुरुप र पार्टीको विधान अनुरुप समावेशी प्रतिनिधिमूलक ढंगले भैरहेको पनि बताउनुभयो । उहाँले कुनै वर्गसमुदायले पार्टीको नेतृत्व गर्ने अवसरबाट वञ्चित भए भन्ने गुनासो नरहने गरी महाधिवेशनका प्रक्रियाहरु चलिरहेको पनि बताउनुभयो ।
सह–महामन्त्री डा. महतले नेपाली कांग्रेसको नेतृत्वमा आएको वर्तमान संविधानको अक्षर र भावना अनुरुप एक तिहाई स्थानमा महिलाहरु निर्वाचित गर्ने कार्यको थालनी भएको बताउदै भन्नुभयो, “नेपाली कांग्रेस सविधानको मर्म र भावनाको कार्यान्वयन गर्ने पहिलो पहिलो पार्टी हुँदैछ ।”
उहाँले महाधिवेशनको क्रममा कार्यकर्ता तहमा देखिएको ठूलो उत्साहले आउने निर्वाचनमा नेपाली कांग्रेस पूर्ण बहुमतका साथ सरकार बनाउन सफल हुने विश्वास जगाएको बताउनुभयो ।
सह–महामन्त्री डा. महतले अघिल्लो निर्वाचन जितेर आएका दलहरु राज्य सञ्चालनमा असफल भएकोले अप्ठ्यारो अवस्थामा नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको उल्लेख गर्दै भन्नुभयो, “प्रतिकूलतासंग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर जनतालाइ सुरक्षा दिएको छ । ”
उहाँले नेपाली कांग्रेसका संस्थापक नेताहरु बी।पी। कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले सोचेजस्तो नेपाली जनताको सेवा गर्दै समृद्ध र स्वाभिानी बनाउने जिम्मेवारी पूरा गर्न यो महाधिवेशनले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसका कार्यकर्ताका सामु चुनौति र अवसर दुवै रहेको बताउदै पाएको जिम्मेवारीलाई पार्टी निर्माणमा लगाउन आग्रह गर्नुभयो ।
सहमहामन्त्री डा. महतले नेतृत्व चयनमा सहमति सर्वोत्तम हुने र नभएमा प्रजातान्त्रिक तरिकाले मतदानबाट निर्णय गर्नु उचित हुने सुझाव दिंदै दुवै वडा अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





