एमसीसी पारित भए रक्तपात हुने माओवादी केन्द्र समाजवादीको चेतावनी

२०७८ भाद्र २६ गते, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्र समाजवादीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए रक्तपातको स्थिति आउने चेतावनी दिएको छ । आज तीन दर्जनभन्दा बढी संख्याका युवाहरुको रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आयोजित पार्टी प्रवेशमा अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी खतरनाक भएको भन्दै तत्काल खारेज गर्नुपर्ने समेत बताएका हुन् ।
‘एमसीसी पास भए नेपालको अखण्डतामाथि प्रहार हुन्छ । रक्तपात हुनसक्छं,’ बुढाथोकीले भने । कार्यक्रममा नेपाली कांँग्रैस नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) लगायत विभिन्न पार्टीबाट युवाहरु नेकपा माओवादी समाजवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष कर्णजीत बुढाथोकीले स्वगत गरेका थिए । बुढाथोकीले भने,‘अहिले देशमा चाहनाबाहिरको अवस्था जुन सिर्जना भएको छ । यो अपकल्पनीय हो । संसदमा भएको तनावलाई ताण्डव नृत्य भन्दै आलोचना गरे । उनले भने, ‘कांग्रेस, एमाले र माओवादीको ताण्डव नृत्य नेपाली जनताको लागि अपाच्य भइसक्यो ।’ देशमा नयाँ सम्भावना देखिएको भन्दै अहिलेको अवस्थाले त्यही संकेत गरेको बताए ।
पार्टीका सचिव मिघ बहादूर खत्रीले एमसीसी पारित भए बागमतीमा रगतको खोला बग्ने टिप्पणी गरे । उनले भने,‘एमसीसी पास भए बागमतीमा पानी हैन् रगत बग्ने छ । एमसीसी पास गर्ने नेताको टाउकोले हामी फूटबल खेल्छौँ ।’ एमसीसीविरुद्ध डटेर लड्ने बताए । उनले एमसीसीको विरोध गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धन गर्ने नेताहरुलाई राजनीति छाड्न भने । खत्रीले भने, ‘ प्रचण्डको अहिले दुई धारमा देखिएका छन् । एमसीसी विरुद्व किन डटेर बोल्दैनन् रु’ उनले एमसीसीको विरोध गर्ने नेताहरुले सरकार छाडेर सडकमा आउनसक्नुपर्ने बताए । प्रधानमन्त्री देउवाको चर्को आलोचना गर्दै देश विकास गर्ने कुनै रहर नभएको बताए । खत्रीले भने,‘देउवा अमेरिकाको पछि लागेका छन् ।’खत्रीले विभिन्न पार्टी परित्याग गरेका युवा साथीहरुलाई आफ्नो पार्टी प्रवेश गरेकोमा हार्दिक बधाई दिएका छन् ।
पार्टीका सचिव तथा प्रदेश नं २ का इन्चार्ज अरुण घिसिङले प्रचण्डलगायत नेताहरुले दक्षिणपन्थीहरुलाई सत्ताको बागडोर सम्हाल्न दिएको आरोप लगाए । उनले भने, ‘नेपालका शिर्ष नेताहरु छुट्टै खालका साँठगाँठमा व्यस्त छन् । हामी यो बुझ्न सक्छौँ ।’ प्रचण्ड, माधव नेपाल र केपी शर्मा ओली कम्युनिस्ट नभएको तर्क गरे । काभ्रे, ललितपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा रहेको युवाहरुले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायत अन्य पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेको बताए ।


नेकपा माओवादी समाजवादीमा प्रवेश गरेका सुमन गुरुङले भ्रष्टाचारको अन्त्य गर्न युवाहरु विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र समाजवादीमा प्रवेश गरेको बताए । देशमा परिवर्तनका लागि संघर्ष गरेकाहरुलाई बेवास्ता गर्दै नेताहरु विलासी जीवनमा लागेको आरोप लगाए । युवाहरुप्रति प्रमुख दलका नेताहरुले बेवास्ता गरेको टिप्पणी गरे । ‘नेताहरु कुर्सि बचाउन मात्र लड्ने देखियो,’ गुरुङले भने ।
कार्यक्रममा बागमती प्रदेशका कार्यवाहक अध्यक्ष रामप्रसाद मैनालीलगायत बागमति प्रदेशका विभिन्न नेताहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन योगेश राल्भालीले गरेका थिए ।

288 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal