एमसीसी पारित भए रक्तपात हुने माओवादी केन्द्र समाजवादीको चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्र समाजवादीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए रक्तपातको स्थिति आउने चेतावनी दिएको छ । आज तीन दर्जनभन्दा बढी संख्याका युवाहरुको रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आयोजित पार्टी प्रवेशमा अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी खतरनाक भएको भन्दै तत्काल खारेज गर्नुपर्ने समेत बताएका हुन् ।
‘एमसीसी पास भए नेपालको अखण्डतामाथि प्रहार हुन्छ । रक्तपात हुनसक्छं,’ बुढाथोकीले भने । कार्यक्रममा नेपाली कांँग्रैस नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) लगायत विभिन्न पार्टीबाट युवाहरु नेकपा माओवादी समाजवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष कर्णजीत बुढाथोकीले स्वगत गरेका थिए । बुढाथोकीले भने,‘अहिले देशमा चाहनाबाहिरको अवस्था जुन सिर्जना भएको छ । यो अपकल्पनीय हो । संसदमा भएको तनावलाई ताण्डव नृत्य भन्दै आलोचना गरे । उनले भने, ‘कांग्रेस, एमाले र माओवादीको ताण्डव नृत्य नेपाली जनताको लागि अपाच्य भइसक्यो ।’ देशमा नयाँ सम्भावना देखिएको भन्दै अहिलेको अवस्थाले त्यही संकेत गरेको बताए ।
पार्टीका सचिव मिघ बहादूर खत्रीले एमसीसी पारित भए बागमतीमा रगतको खोला बग्ने टिप्पणी गरे । उनले भने,‘एमसीसी पास भए बागमतीमा पानी हैन् रगत बग्ने छ । एमसीसी पास गर्ने नेताको टाउकोले हामी फूटबल खेल्छौँ ।’ एमसीसीविरुद्ध डटेर लड्ने बताए । उनले एमसीसीको विरोध गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धन गर्ने नेताहरुलाई राजनीति छाड्न भने । खत्रीले भने, ‘ प्रचण्डको अहिले दुई धारमा देखिएका छन् । एमसीसी विरुद्व किन डटेर बोल्दैनन् रु’ उनले एमसीसीको विरोध गर्ने नेताहरुले सरकार छाडेर सडकमा आउनसक्नुपर्ने बताए । प्रधानमन्त्री देउवाको चर्को आलोचना गर्दै देश विकास गर्ने कुनै रहर नभएको बताए । खत्रीले भने,‘देउवा अमेरिकाको पछि लागेका छन् ।’खत्रीले विभिन्न पार्टी परित्याग गरेका युवा साथीहरुलाई आफ्नो पार्टी प्रवेश गरेकोमा हार्दिक बधाई दिएका छन् ।
पार्टीका सचिव तथा प्रदेश नं २ का इन्चार्ज अरुण घिसिङले प्रचण्डलगायत नेताहरुले दक्षिणपन्थीहरुलाई सत्ताको बागडोर सम्हाल्न दिएको आरोप लगाए । उनले भने, ‘नेपालका शिर्ष नेताहरु छुट्टै खालका साँठगाँठमा व्यस्त छन् । हामी यो बुझ्न सक्छौँ ।’ प्रचण्ड, माधव नेपाल र केपी शर्मा ओली कम्युनिस्ट नभएको तर्क गरे । काभ्रे, ललितपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा रहेको युवाहरुले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायत अन्य पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेको बताए ।
नेकपा माओवादी समाजवादीमा प्रवेश गरेका सुमन गुरुङले भ्रष्टाचारको अन्त्य गर्न युवाहरु विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र समाजवादीमा प्रवेश गरेको बताए । देशमा परिवर्तनका लागि संघर्ष गरेकाहरुलाई बेवास्ता गर्दै नेताहरु विलासी जीवनमा लागेको आरोप लगाए । युवाहरुप्रति प्रमुख दलका नेताहरुले बेवास्ता गरेको टिप्पणी गरे । ‘नेताहरु कुर्सि बचाउन मात्र लड्ने देखियो,’ गुरुङले भने ।
कार्यक्रममा बागमती प्रदेशका कार्यवाहक अध्यक्ष रामप्रसाद मैनालीलगायत बागमति प्रदेशका विभिन्न नेताहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन योगेश राल्भालीले गरेका थिए ।

ताजा

प,हिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अ,वरुद्ध
२०७९ श्रावण २३ गते, सोमबार
प,हिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अ,वरुद्ध
२०७९ श्रावण २३ गते, सोमबार
चन्द्र नहरको बाध भ,त्किँदा दर्जनौँ घर डु,बानमा, सयौं बिघा धानबाली न,ष्ट
२०७९ श्रावण २३ गते, सोमबार
बालाजु सडकमा हिडिरहेकी एक महिलामाथि लु,टपाट गर्ने दुई जना प,क्राउ
२०७९ श्रावण २३ गते, सोमबार
अमेरिकी नौसेनाको यु,द्धपोत भारतको चेन्नइमा
२०७९ श्रावण २३ गते, सोमबार
लता मंगेशकरको सम्झनामा अञ्जु पन्तले गाइन् यस्तो मिठो गीत सर्वत्र चर्चा,
२०७९ श्रावण २३ गते, सोमबार
धरानका मेयर हर्क साम्पाङलाई व’ रिष्ठ गायक दीप श्रेष्ठको पनि साथ, गरे यस्तो आ’ ग्रह
२०७९ श्रावण २३ गते, सोमबार
बालेनको च’ मत्कार बल्ल सुरु, अब यसरी क’माइन्छ फो,होरबाट मो’हर
२०७९ श्रावण २३ गते, सोमबार
आफ्नै आमा पाल्नलाई दाजु-भाइको मु,द्धा, फैसला सुनाउन न्यायाधीशनै धु,रुधुरु रो,ए…
२०७९ श्रावण २३ गते, सोमबार
ख,ल्लो भयो प्रचण्डको जापान भ्रमण, सर्वत्र आ,लोचना र वि,रोध, जापानी भाषामापनि झु,टको समाचार प्रकाशित
२०७९ श्रावण २३ गते, सोमबार
राजा विरेन्द्र आफ्नो घर आएको सम्झिदै राजेश हमालले सार्वजनिक गरे यी दुर्लभ तस्वीर
२०७९ श्रावण २३ गते, सोमबारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार