गैरआवासीय नेपालीलाई नागरिकताको विषय मैले थालें, पुरा गरेरै छोड्छुः डा केशव पौडेल

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव उम्मेदवार डा. केशव पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय आफूले विगतमा उठाएको भन्दै अब नेतृत्वमा पुगेमा त्यसलाई पुरा गरेर छाड्ने बताएका छन् ।
महाधिवेशनका क्रममा राजधानीमा रहेका उनले आफ्नो उम्मेदवारीका विषयमा एनआरएनए अगुुवाहरुसँग छलफललाई तीव्रता दिइरहेका छन् । उनले आफ्नो र टिमको पहिलो प्राथमिकता नै गैरआवासीय नेपालीलाई पनि नागरिकता दिलाएर अपनत्व बढाउने उद्देश्य पुरा गर्ने बताए । ‘हामीले नै उठाएको विषय निकै मेहनतपछि संविधानमा पार्ने काम भयो,’ उनले भने‘अब हामी नै पुरा गरेर छाड्छौं ।’
विदेशमा रहेका नेपालीले मूलुकका लागि धेरै श्रम र सीप लगानी गरे पनि नागरिकता नहुँदा अपहेलित महसुस गरेको भन्दै उनले नागरिकता प्राप्त भएमा भावनात्मक अपनत्व बढ्ने बताए । ‘त्यसो भएमा देशमा लगानी, श्रम र सीप अझ धेरै भित्र्याउन सकिन्छ,’ उनले भने
डा. पौडेलले नागरिताको विषय युरोप र अमेरिकाका नागरिकका लागि बढी प्राथमिकताको विषय रहेको भन्दै आफू विगतमा अमेरिकाको अध्यक्ष रहँदा निकै मेहनत गरेर संविधानमा पार्न सकेको बताए । ‘तर पछिको नेतृत्वले यसलाई प्राथमिकता दिन सकेन,’ उनले भने,‘उहाँहरुको प्राथमिकता कसरी सत्ता हत्याउने, चुनाव जित्ने र नेतृत्वमा जाने भन्ने रह्यो ।’
कुलजीको एजेण्डा मेरो पनि एजेण्डा
एनआरएनएमा पारदर्शितासँगै मध्यपूर्व र मलेसियाका नेपाली श्रमिकसँगै जापान र अष्ट्रेलियाका नेपाली विद्यार्थीको समस्या समेत आफूहरुको प्राथमिकता रहेको भन्दै उनले कुल आचार्यको टिमबाट महासचिव चुनाव लड्ने भएकाले टिमको एजेण्डा आफ्नो पनि रहने बताए ।
‘एनआरएनए सबैको बन्न सकेन हामी बनाउछौं’
एनआरएनएका तत्कालीन अध्यक्ष शेष घलेको पालामा भवन बनेको भए पनि अहिले यसलाई सबैले अपनत्व लिन नसकेको भन्दै उनले आफूहरुले त्यसमा सबै मूलुकको अपनत्व रहने बनाउने बताए । ‘त्यहाँ सबै मूलुकका लागि कोठा र परेका विषय हेर्ने ठाउँ बनाउन सकिन्छ,’ उनले भने,‘हामी त्यो वातावरण बनाउँछौं, जुन अहिलेको नेतृत्वले सकेन ।’
ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
२०८१ चैत्र ३० गते, शनिबार
फेवा महोत्सव आजदेखि
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान
२०८१ चैत्र ३० गते, शनिबार
गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो
२०८१ चैत्र ३० गते, शनिबार
टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक
२०८१ चैत्र ३० गते, शनिबार
रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत
२०८१ चैत्र २९ गते, शुक्रबार
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
२०८१ चैत्र २९ गते, शुक्रबार
असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु
२०८१ चैत्र २९ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार