साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौँ । पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउन थालिएको छ ।
मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ । विशेष पूजा भने आजदेखि खुला नगरिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।
आज बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उहाँले सुनाउनुभयो । साढे चार महिनापछि खोलिएको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार कोषले क्षमापूजा गरेको थियो ।
विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो ।
महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ ।
कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द गरिएको छ । आजदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको कोषले जनाएको छ ।
आज गणेश चतुर्थी पर्व परेकाले चन्द्रविनायक मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । रासस
ताजा

गज्जबको जागिर छा,डेर पानी पुरी बेच्ने यी सुन्दरी पुनमलाई विबाह गर्ने केटाहरुको लाग्यो लाइन
२०७९ श्रावण २६ गते, बिहीबार
गज्जबको जागिर छा,डेर पानी पुरी बेच्ने यी सुन्दरी पुनमलाई विबाह गर्ने केटाहरुको लाग्यो लाइन
२०७९ श्रावण २६ गते, बिहीबार
अ,बैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……
२०७९ श्रावण २६ गते, बिहीबार
चो,रले कयौँ पटक प्रयास गर्दापनि चो,र्न नसकेको बहुमुल्य दाहिने शंख देख्ने बित्तिकै ॐ लेखेर शेयर गर्नुहोला।
२०७९ श्रावण २६ गते, बिहीबार
जनैपूर्णिमा र गाईजात्रा एकैदिन
२०७९ श्रावण २६ गते, बिहीबार
विभिन्न जिल्लामा मल पठाउन थालियो
२०७९ श्रावण २६ गते, बिहीबार
विष्णु माझीको तिज गीत ‘चरी जेलैमा–२’ सार्वजनिक
२०७९ श्रावण २६ गते, बिहीबार
पाँचथरको फिदिममा एक १९ वर्षीया सु,त्केरीको उपचारका क्रममा मृ,त्यु कारण यस्तो रहेछ।
२०७९ श्रावण २६ गते, बिहीबार
शरीरमा आउने अनावश्यक रौंलाई कसरी हटाउने ? यस्तो छ सजिलो तरिका…
२०७९ श्रावण २६ गते, बिहीबार
ललितपुर महानगरले चाडपर्व खर्चको रूपमा ज्ये,ष्ठ नागरिकलाई बर्सेनि १० हजार रुपैयाँ दिने
२०७९ श्रावण २५ गते, बुधबार
बिष्णु माझीको चरी जे,लैमा भाग २ सार्बजनिक, दर्शक भन्छन छि यस्तो के गरेको ?
२०७९ श्रावण २५ गते, बुधबारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार